ad ad

कला


प्रभासको ‘आदिपुरुष’को बजेट ४ सय करोड, प्रदर्शन मिति सार्वजनिक

प्रभासको ‘आदिपुरुष’को बजेट ४ सय करोड, प्रदर्शन मिति सार्वजनिक

नेपालखबर
मंसिर ४, २०७७ बिहिबार ५:०,

‘बाहुबली’ अभिनेता प्रभासको आउँदाे फिल्म ‘आदिपुरुष’को प्रदर्शन मिति सार्वजनिक भएको छ।

बिहीबार अभिनेता प्रभासले सामाजिक सञ्जालमार्फत फिल्मको रिलिज डेट सार्वजनिक गरेका हुन्।

प्रभासले यो फिल्म २०२२ अगस्ट ११ मा सार्वजनिक हुने जानकारी दिएका छन्।

यो फिल्म पौराणिक ग्रन्थ रामायणमा आधारित रहेको छ। फिल्ममा अहिलेसम्म  प्रभासका साथमा सैफ अली खानको पनि अभिनय रहने पक्का भएको छ। यी दुईका अलवा अभिनेत्री र अन्य कलाकारको नाम टुंगिएको छैन्।

फिल्ममा रामको भूमिकामा प्रभास र रावणको भूमिकामा सैफ देखा पर्दैछन्। यसअघि सैफल तानाजीमा निभाएको नकारात्मक भूमिकाको व्यापक चर्चा भएको थियो।

फिल्ममा सीताको भूमिकामा कीर्ति सुरेश, अनुष्का शर्मा र कियारा आडवाणीको नाम चर्चामा रहेको छ।

 ओम राउतको निर्देशनमा बन्न लागेको फिल्मको निर्माण भूषण कुमारले गर्दैछन्। यो फिल्मको बजेट ३५० देखि ४ सय करोडका बीचमा हुने निर्माण पक्षले जनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यो फिल्म हिन्दीसहित तामिल, तेलगू, कन्नड र मलयालम भाषामा पनि रिलिज हुने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .