ad ad

कला


अविनाश थापा मगरको पहिलो दोहोरी गीत ‘ओई काली’ सार्वजनिक (भिडियो)

अविनाश थापा मगरको पहिलो दोहोरी गीत ‘ओई काली’ सार्वजनिक (भिडियो)

नेपालखबर
मंसिर १२, २०७७ शुक्रबार ६:३५,

युवा गायक तथा संगीतकार अविनाश थापा मगरले आफ्नो सांगीतिक जीवनमा पहिलो दोहोरी गीत सार्वजनिक गरेका छन्।

गीतलाई थापाले आफ्नै युट्युब च्यानलमा शुक्रबार बिहान सार्वजनिक गरेका हुन्।

माया प्रेममा आधारित गीतमा थापा स्वयं र गायिका मेलिना राईको स्वर छ। गीतको लेखन पनि थापा आफैँले लेखेका हुन्।

Image may contain: 4 people, text that says 'अविनाश थापा मगरको काली कोरियोग्राफर निर्देशक- प्रकाश भट्ट Releasing On गते बिहान बजे स्वर अविनाश थापा मगर र मेलिना राई लय/शब्द अविनाश थापा मगर संगीत संयोजन पवन वाड स्ुडियो काठमाण्डी डिजिटल अडियो मिकिसड डिका गुरुड अभिनय करिश्मा ढकालर सन्तोष थापा मगर छायाँकन- सुरेश श्रेष्ठ सम्पादन- विष्णु शर्मा दृष्य निर्माण साई भिजन प्रा. लि.'

गीतको म्युजिक एरेन्ज पवन वांगले गरेका छन् भने अडियो मिक्सिङ डिका गुरुङले गरेका हुन्।

त्यस्तै गीतको भिडियोमा करिश्मा ढकाल र सन्तोष थापा मगरको अभिनय छ भने कोरियोग्राफी र निर्देशन प्रकाश भट्टले गरेका हुन्।

सुरेश श्रेष्ठको सिनेम्याटोग्राफी र विष्णु शर्माको सम्पादन रहेको म्युजिक भिडियोको पोष्ट प्रडक्सन साई भिजन प्रालिले गरेको हो।

भिडियो :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .