ad ad

समाज


बालिका हत्या प्रकरण : पोस्टमार्टम गरेकै चार दिन भयो, परिवारले अझै बुझेन शव

बालिका हत्या प्रकरण : पोस्टमार्टम गरेकै चार दिन भयो, परिवारले अझै बुझेन शव

शैलेन्द्र महतो
मंसिर १२, २०७७ शुक्रबार ६:२७,

बर्दिबासमा बलात्कारपश्चात हत्या गरिएकी ६ वर्षीया बालिका गुलाब्सा खातुनको शव अहिलेसम्म परिवारले बुझेको छैन।

बालिकाको शवको मंगलबार नै पोस्टमार्टम भएको प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जामुनप्रसाद सिंहले बताए।

प्रहरीले कानुनी प्रक्रिया पुर्याएर कागजात उपलब्ध गराएपछि पोस्टमार्टम हुने प्रावधान रहेको अस्पतालले जनाएको छ। तर, परिवारजनले नबुझ्दा अहिले बालिकाको शव शवगृहमै छ।

गएको आइतबार साँझ बेपत्ता भएकी बर्दिबास नगरपालिका १४ शुभम् बस्तीका सहिद आलमकी छारी गुलाब्साको शव सोमबार मध्यराति बस्ती नजिकै बोरामा राखेर फालिएको अवस्थामा भेटिएको थियो।

घटनापश्चात सोमबार साँझ पक्राउ परेका स्थानीय २५ वर्षीय युवक अरुण साहले बालिकाको बलात्कार गरी हत्या गरेको र शव बोरामा राखेर फलेको बताएका थिए।

मंगलबार दिउँसो दोषीमाथि कडा कारबाहीको माग गर्दै स्थानीयले बालिकाको शवसहित बर्दिबासमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरी प्रदर्शन गरिरहेको बेला प्रहरीले अन्धाधुन्ध गोली प्रहार गरी शव नियन्त्रणमा लिएको थियो। सोही दिन बालिकाको शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको र त्यसै दिन पोस्टमार्टम भएको थियो।

यता मृतक बालिकाका बुबा सहिद आलमले दोषीलाई कडा कारबाही नभएसम्म शव नबुझ्ने बताएका छन्। प्रदर्शनकै क्रममा प्रहरीको गोली लागेर बर्दिबासका संजय न्यौपानेको मृत्यु भएपछि बर्दिबासका स्थानीय झनै आक्रोशित भएका छन्। बालिकाको मृत्युपछि मंगलबार, बुधबार र बिहीबारसमेत स्थानीयले दाषीमाथि कडा कारबाहीको माग गर्दै प्रदर्शन गरेका थिए।

बुधबार साँझ स्थानीय प्रशासन र सर्वपक्षीय वार्ता समितिबीच चार बुँदे सहमति भएको थियो। तर, उक्त सहमतिप्रति चित्त नबुझेको भन्दै स्थानीयले प्रदर्शनलाई निरन्तरता दिएका छन्। शुक्रबार दिउँसो पनि राजमार्ग बन्द गर्दै प्रदर्शन गर्ने स्थानीय बासिन्दाको तयारी छ।

गोली लागेर काठमाडौंको ग्राण्डी अस्पतालमा मंगलबार राति उपचारको क्रममा मृत्यु भएका संजय न्यौपानको शव पोस्टमार्टम गरी बिहीबार साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

गृह मन्त्रालयले बर्दिबास घटना छानविन गर्न तीन सदस्य छानविन टोली बिहीबार गठन गरेको छ। घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कारबाही, मृतक परिवारलाई उचित क्षतिपूर्ति, घाइतेलाई उपचारको व्यवस्था गर्ने प्रतिवद्धता समेत मन्त्रालयले गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .