ad ad

कला


भारतका चर्चित डान्सर अस्ताद देबुकाे निधन

भारतका चर्चित डान्सर अस्ताद देबुकाे निधन

नेपालखबर
मंसिर २५, २०७७ बिहिबार २३:२२,

भारतका चर्चित डान्सर अस्ताद देबुकाे निधन भएको छ।

उनको परिवारले सामाजिक सञ्जालमार्फत ७३ वर्षका देबुको निधन भएकाे जानकारी दिएका हुन्। उनी केही समयदेखि बिरामी थिए।

नृत्यका कारण देबु हजाराैँ फ्यान बनाउन सफल भएका थिए।

देबुकाे जन्म १९४७ जुलाई १३ मा भएको थियो।

उनले पुरानो र आधुनिक शैली मिलाएर नृत्यको नयाँ शैली विकास गरेका थिए।

७० भन्दा बढी देशमा उनले एकल, सामूहिक र युगल नृत्य प्रस्तुति दिएका थिए।

उनलेे सन् १९९५ मा ‘संगीत नाटक अकादमी’ पुरस्कार तथा २००७मा ‘पद्यश्री’ सम्मान पाएका थिए।

उनको निधनले शास्त्रीय र आधुनिक नृत्य क्षेत्रमा ठूलो क्षति पुगेकाे छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .