ad ad

कला


नेहा कक्कड गर्भवती भएको खबर झुठो, गीत प्रचार गर्न देखाइन् नक्कली बेबी बम्प

नेहा कक्कड गर्भवती भएको खबर झुठो, गीत प्रचार गर्न देखाइन् नक्कली बेबी बम्प

नेपालखबर
पुस ४, २०७७ शनिबार ७:३२,

विवाह गरेको दुई महिनामै नेहा गर्भवती भएको खबर चर्चामा आउनु स्वभाविक पनि थियो।

किनभने उनले क्याप्सनमा ‘ख्याल रख्या कर’ अर्थात् अब ख्याल गर्नुपर्छ भन्ने भाव लेखेकी थिइन्।

त्यसमाथि नेहाकी दाई टोनी कक्करले बधाई दिँदै ‘म मामा बन्न’ लागे भनेपछि नेहा गर्भवती नै भएको अनुमान गरिएको थियो।

तर शनिबार नेहाले इन्स्टाग्राममा शुक्रबारकै फोटो पोस्ट गरेकी छिन्। जहाँ उनी आफ्ना पति रोहनप्रित सिंहसँग छिन्।

 
 
 
 
 
View this post on Instagram
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Neha Kakkar (Mrs. Singh) (@nehakakkar)

तर उक्त तस्बिर देखेपछि भने हामी सोझै यो थाहा पाउन सक्छौं कि नेहाले शुक्रबार तस्बिर नयाँ गती ‘ख्याल रख्या कर’लाई प्रचार गर्न मात्र पोस्ट गरेकी रहेछिन्।

यस गीतमा नेहाले गर्भवती महिलाको भूमिका निर्वाह गर्ने पनि प्रस्ट भएको छ। यो गीत २२ डिसेम्बरमा रिलिज हुनेछ।

रोहनप्रित सिंह पनि गायक हुन्। नेहाले लकडाउन अवधिमा रोहनप्रितसँग केही गीतहरु गाएका थिए। सोही क्रममा उनीहरु प्रेम सम्बन्धमा परेका थिए।

गत अक्टोबर मात्र उनीहरुले विवाह गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .