ad ad

समाज


चिसो र कोरोनाको कारण खल्लो भयो यस पटकको विवाहपञ्चमी महोत्सव

चिसो र कोरोनाको कारण खल्लो भयो यस पटकको विवाहपञ्चमी महोत्सव

शैलेन्द्र महतो
पुस ४, २०७७ शनिबार ७:४२,

कोरोना महामारी र अत्यधिक चिसोको कारण यस पटकको विवाहपञ्चमी महोत्सव प्रभावित भएको छ।

चिसो र कोरोनाको कारण शनिबार जनकपुरधाममा भइरहेको विवाहपञ्चमी महोत्सव श्रद्धालु भक्तजनको न्युन उपस्थितिले खल्लो बनेको हो।

शनिबार बिहानैदेखि जनकपुरलगायत तराई–मधेसमा बाक्लो हुस्सु लाग्नुको साथै शीतलहर चलेको छ। अत्यधिक चिसोको कारण ग्रामीण भेगबाटै सर्वसाधारण न्युन संख्यामा मात्र महोृत्सवमा सहभगी हुन पुगेका छन्।

कोरोना संक्रमण फैलिने खतरा रहेको भन्दै स्थानीय प्रशासनले विवाहपञ्चमीमा बढी भिडभाड नगर्न आग्रह गरेको थियो। यस्तै महिनौदेखि बन्द नेपाल–भारत सीमानाका खुल्न नसक्दा भारतबाट लाखौंको संख्यामा आउने श्रद्धालुभक्तजन समेत आउन पाएनन्। भारतको अयोध्याबाट आउने साधुशन्तको जन्तीसमेत यसवर्ष आउन नसकेको हो।

No description available.

विगतका वर्षहरुमा लाखौंको संख्यामा श्रद्धालु भक्तजनहरुले जनकपुर खचाखच भरिन्थ्यो। तर, यसवर्ष निकै न्युन संख्यामा सहभागिता भएपछि विवाहपञ्चमी खल्लोजस्तै बनेको छ। आएका श्रद्धालुको बसोबास तथा व्यवस्थापनको लागि प्रदेश २ सरकार, जनकपुरधाम उपमहानगरपालिका, वृहत्तर क्षेत्र विकास परिषद मतलब गरेको छैन। जाडोमा आगो ताप्ने दाउरा र बस्ने टेन्ट नहुँदा विवाहपञ्चमीमा टाढाबाट सहभागी हुन आएका साधुशन्त समस्यामा परका छन्।
No description available.
सप्ताहव्यापी विवाहपञ्चमीको छैठौं दिन आज राम र जानकीको डोलाफेर गरी बाह्रबिघा रंगभूमि मैदानमा स्वयम्बर हुने छ भने राति जानकी मन्दिर प्रांगणमा विधिविधान पूर्वक विवाहको काज हुने छ। भोलि राम कलेवा गरी विवाहपञ्चमी विधिवत समापन हुने जानकी मन्दिरका महन्त रामतपेश्वर दासले बताए।

त्रेता युगमा राम–सीताको विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरमा धुमधामसँग विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .