दक्षिण भारतीय चलचित्रका सुपरस्टार अभिनेता रजनीकान्त स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन्।
रक्तचापसम्बन्धी समस्या देखिएपछि उनलाई शुक्रबार बिहान हैदरवादस्थित एपोलो अस्पतालमा भर्ना गरिएको हो।
रक्तचाप सामान्य नभएसम्म उनलाई डाक्टरको निगरानीमा राखिने बताइएको छ।
केहीदिन अघि उनको कोरोना समेत परीक्षण गरिएको र रिपोर्ट नेगेटिभ आएको बताइएको छ।
अस्पतालले शुक्रबार दिउँसो एक विज्ञप्ति प्रकाशित गरी उनको स्वस्थ्य अवस्थाबारे जानकारी गराएको थियो।
रजनीकान्त पछिल्ला केही दिनदेखि फिल्म सुटिङका क्रममा हैदरवादमा थिए। सुटिङकै क्रममा ८ जनलाई कोरोना पोजिटिभ देखिएपछि सुटिङ रोकेर उनी कडा निगरानीमा आइसोलेसनमा बसेका थिए।
प्रतिक्रिया