ad ad

कला


सचिन परियारको ‘ओठ खोलेर’ युटुब ट्रेन्डिङमा (भिडियो)

सचिन परियारको ‘ओठ खोलेर’ युटुब ट्रेन्डिङमा (भिडियो)

नेपालखबर
पुस २१, २०७७ मंगलबार १५:१०,

पछिल्लो समय सामाजिक सन्जालमा भाइरल बाल गायक सचिन परियारको पहिलो गीत युटुबको ट्रेन्डिङ नम्बर १ मा पुग्न सफल भएको छ।

केही दिन अघि लेकसाइड टिभीको युटुब च्यानलबाट रिलिज ‘ओठ खोलेर’ बोलको गीतलाई छोटो समयमा अत्याधिक भ्युज मिलेको छ। सचिन परियार, रविना बसेल, अर्जुन कुँवर र अस्मिता बुढाथोकीको सुमधुर आवाज रहेको गीतमा महेन्द्र भण्डारीको संगीत रहेको छ भने गणेश अधिकारीको शब्द रहेको छ।

गीतलाई दर्शक स्रोताले एकदमै रुचाएका छन्। ३ दिनको अवधिमा गीतलाई युटुबमा १६ लाख बढी भ्युज, एक लाख बढी लाइक र ५ हजार बढी सकारात्मक कमेन्ट मिलेको छ। गुल्मीका सचिनको यो पहिलो गीत हो।

गीतका निर्माता लेकसाइड टिभीका सन्चालक सविन छेत्री हुन्। गीतको भिडियोमा सचिन, रबिनालाई देख्न सकिन्छ। सचिन र रबिनाका अलवा मोडल करिश्मा ढकाल, सबिन छेत्री,अर्जुन कुँवर, एलिना रायमाझी लगायतला कलाकारहरु पनि भिडियोमा फिचर्ड छन्।

भिडियोलाई स्मृति तिमिल्सिना गुरुआमाले निर्देशन गरेकी हुन्। सुरेश श्रेष्ठले आकर्षक फ्रेममा खिचेको भिडियोलाई शिव पौडेलले सम्पादन गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .