प्रधानमन्त्री केपी शर्मा ओलीले गएको वैशाख ३१ गते शपथ लिने क्रममा शपथका केही शब्द उच्चाहरण नगरी ‘त्यो पर्दैन’ भने।
ओलीले त्यो बोली अहिले सामाजिक सञ्जालमा ट्रोलको बिषय बनेको छ।
यसै सन्दर्भममा कलाकारहरुले ‘त्यो पर्दैन’ बोलमा व्यंग्य गीतसमेत सार्वजनिक गरेका छन्।
बिमलराज क्षेत्री र टीकाकुमारी क्षेत्रीले दोहोरी गीत ‘त्यो पर्दैन’ ल्याएका हुन्।
बिमलचौतारी युट्युव च्यानलमार्फत सार्वजनिक भएको गीतको भिडिओलाई जस्ताको तस्तै बसाइले प्रस्तुत गरेको हो।
प्रतिक्रिया