एन प्याब्सन काठमाडौँ शाखाले विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता गर्ने भएको छ।
शनिवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै एन प्याब्सन काठमाडौँ शाखाले भदौ १० गते विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता गर्न लागेको बताएको हो। काठमाडौँका ७५ वटा विद्यालय सहभागी हुने यो प्रतियोगीतामा कक्षा ५ देखि १० सम्मका विद्यार्थी सहभागी हुनेछन्।
प्रतियोगितामा नेपाली लोक संस्कृति झल्कने भेषभुषामा नृत्य र लोकभाका हुने एन प्याब्सन काठमाडौँ शाखाका अध्यक्ष बिष्णु पराजुलीले जानकारी दिए। प्रतियोगितामा प्रथम द्वितीय र तृतीय हुनेले क्रमसः १५हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन्।
एन प्याब्सन काठमाडौँ शाखाका अध्यक्ष पराजुलीले यस प्रकारको प्रतियोगिताले अभिभावक शिक्षक र विद्यार्थीलाई एकै स्थानमा नेपाली लोक संस्कृति र नृत्यबारे जानकारी दिने बताए। एन प्याब्सन काठमाडौँ शाखाले बिगत ३ वर्षदेखि यस प्रकारको प्रतियोगिता गर्दै आएको छ।
प्रतिक्रिया