अमेरिकाको क्यालिफोर्नियामा राज्यमा एक टेस्ला कारका ड्राइभर तीव्र गतिमा कार कुदिरहँदा मस्त निद्रामा भेटिएका छन्।
क्यालिफोर्नियाको लस एन्जल्समा टेस्लाका ड्राइभर निद्रामा भेटिएका हुन्। यद्यपी कार दुर्घटनाबाट भने जोगिएको छ।
वास्तवमा उनले स्वचालित कार चलाएको उल्लेख गरिएको छ। अटोमेटेड ड्राइभिङ सिस्टम स्वचालित प्रणालीको उक्त कार आफैं कुद्छ।
यद्यपी स्वचालित कार कुदाउँदा निदाउनु कानुन विपरित हो। कानुन अनुसार स्वचालित कार कुदाउँदा ड्राइभरको हात स्टेरिङमा हुनुपर्दछ। यसरी दुर्घटनाबाट जोगिन सकिने जनाइएको छ।
तर ती टेस्लाका ड्राइभर भने निद्रामा थिए। यस घटनाको भिडियो सार्वजनिक भएको छ। यसै वर्षको मे महिनामा टेस्लाले नयाँ मोडलका स्वचालित कारहरु सार्वजनिक गरेको थियो।
यस कारमा भएको क्यामेरा, राडर र सेन्सरले कार स्वत चल्ने, रोकिने गर्दछ। एजेन्सी
(भिडियो)
3
Shares
प्रतिक्रिया