नेपाली हिन्दु महिलाहरुको महान चाड हरितालिका तिजको अवसरमा नयाँ तीज गीत ‘लाउँछु साडी रातो कलरको’ सार्वजनिक भएकाे छ।
मौलिक गीतमा गायिका सिमा राई र गायक प्रदिप लामाको आवाज रहेकाे छ।
प्रेम परियारको शब्द तथा मनोज विश्वकर्माको संगीत तथा लय सिर्जना गीतमा रहेको गीतमा हेमराज आश्रमको एरेन्ज रहेको छ।
तिजको मौलिक भोगाईलाई गीतमा समेटिएको छ। सुशिल डाँगीको छायाँकन तथा सम्पादन, राजन मर्हजनको निर्देशन तथा दिलिप राईको नृत्य गीतमा रहेको छ।
प्रतिक्रिया