स्पेनिस ला लिगा फुटबलमा आइतबार राति बार्सिलोना र रियल बेटिसबीच प्रतिस्पर्धा हुँदैछ।
खेल नेपाली समयअनुसार आजराति पौने १ बजे बार्साको घरेलु मैदान क्याम्प नाउँमा हुनेछ।
आज हुने खेलमा समेत मेस्सी अनुपस्थित हुने भएका छन्। घाइते मेस्सीले सिजनको पहिलो खेल पनि गुमाएका थिए।
मेस्सीबिना एथ्लेटिक बिल्बाओसँग प्रतिस्पर्धा गरेको बार्सा पहिलो खेलमा १–० ले पराजित भएको थियो।
मेस्सी नखेल्ने भएपछि बार्सालाई झड्का लाग्ने भएको छ। मेस्सीसँगै लुइस स्वारेज र ओउसमान डेम्बेले पनि घाइते छन्। उनीहरु पनि खेलमा समावेश छैनन्।
आइतबार हुने अन्य खेलका तालिका
आलाभेस र इस्पानियोलः राति पौने ९ बजे
मालोर्का र रियल सोसियाड्याडः राति पौने ९ बजे
लेगनास र एथ्लेटिको मड्रिडः राति पौने ११ बजे
प्रतिक्रिया