प्रगतिशील लेखक संघ काठमाडौंले संविधान दिवसको अवसरमा शुक्रबार रत्नपार्कमा ‘सडकमा कविता’ वाचन कार्यक्रम गरेको छ।
प्रलेसका केन्द्रीय अध्यक्ष जिवेन्द्रदेव गिरिको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रगतिशील सर्जकहरुले आफ्ना रचना वाचन गरेका थिए।
कार्यक्रममा लेखक तथा सर्जकहरु शम्भु प्रसाद गजुरेल, दुर्योधन बस्नेत, गंगा आचार्य, कौशिला रिसाल, देवु लुइटेल, पारस ढकाल, धर्मराज लम्साल, राजेन्द्र घिमिरे, घनश्याम प्रसाईं, सुवाश संयम, सरिता खनाल, दिलिप पहाडी लगायतले आफ्नो रचना प्रस्तुत गरेका थिए। कार्यक्रममा लेखक तथा साहित्यकारहरु दिपेन्द्र प्रसाद उपाध्याय, प्रकाश थापामगर, रविना घिमिरे र जगत वशिष्ठ लगाएतको उपस्थिति थियो।
कार्यक्रममा प्रलेस केन्द्रीय महासचिव समीर सिंह, ३ न प्रदेश अध्यक्ष जगत रेग्मी र केन्द्रीय उप महासचिव आरसि न्यौपानेले शुभकामना मन्तव्य राखेका थिए।
प्रतिक्रिया