ad ad

खेल


लिस्नु कपको उपाधि फर्साटिकर फुटबल क्लबलाई

लिस्नु कपको उपाधि फर्साटिकर फुटबल क्लबलाई

प्रकाश न्यौपाने
असोज ३, २०७६ शुक्रबार १३:५९,

१९औँ संस्करणको लिस्नु कप नकआउट फुटवल प्रतियोगिताको उपाधि फर्साटिकर फुटबल क्लब, रुपन्देहीले चुमेको छ। शुक्रबार जिल्लाको तिलोत्तमा नगरपालिका–१५ कोटिहवास्थित पशुपति उच्च माविको खेलमैदानमा सम्पन्न फाइनलमा फर्साटिकरले फूलबारी गाइज, बुटवललाई ३–० गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो।

जितसँगै फर्साटिकरले ३ लाख ३ हजार ३ सय ३३ रुपैयाँ नगदसहित ट्रफी प्राप्त गरेको छ। उपविजेता फूलबारीले १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ नगद र ट्रफीमा चित्त बुझायो। मध्यान्तरसम्म बराबरीमा रहेको खेल मध्यान्तरपछि फर्साटिकरले लगातार तीन गोल गर्न सफल भएको थियो। मध्यान्तरपछिको ३३औं मिनेटमा फर्साटिकरबाट खेलेका विदेशी खेलाडी फोफोनाले दिएको पासलाई विष्णु थापाले गोलमा परिणात गरे र खेललाई १–० को स्थितिमा पुर्याए।

खेलको ३७ र ४०औँ मिनेटमा डी यरियाबाट आफैले बल लगेर फर्साटिकरका सुरज हमालले लगातार दुई गोल गर्न सफल भए। उनले फूलबारीबाट खेलेका गोलकिपर विदेशी खेलाडी प्रिसो घाइते भएको मौका छोपेर गोल गर्न सफल भए। उनको दायाँ हातको कुममा चोट लागेको थियो। फर्साटिकरका खेलाडीले पहिलो गोल गर्दा उनी घाइते भएको थाहा पाएपछि त्यसपछिका दुई गोल दायाँतर्फ गरेका थिए। उनी दायाँतर्फ पल्टन नसक्ने अवस्थामा थिए। निकै प्रतिस्पर्धी खेलमा फूलबारीका अन्य गोलकिपर नहुँदा घाइते खेलाडी खेलाए पछि टिमले हार व्यहोर्यो।

प्रतियोगितामा फूलबारी गाइजका आशिष गुरुङ सर्वोत्कृष्ट खेलाडी भए। उनले नगद २० हजार रुपैयाँ र ट्रफी प्राप्त गरे। यस्तै, फर्साटिकरका टिकेन्द्र थापा बेष्ट गोलकिपर, जनक कार्की बेष्ट डिफेन्स, सुरज हमाल बेष्ट फरवार्ड घोषित भए। उनीहरुले नगद ७/७ हजार रुपैयाँ र ट्रफी प्राप्त गरे ।

20190614222824 IMG 2086

फूलबारी गाइजका कमल थापा बेष्ट मिड फिल्डर घोषित भए। उनले पनि नगद ७ हजार रुपैयाँ र ट्रफी प्राप्त गरे। सेमिफाइनल पुग्ने वालिङ नगरपालिका, वालिङ, स्याङ्जा र देशभक्त फुटबल क्लब, बादरमुढा, नवलपरासीले नगद २५/२५ हजार रुपैयाँ प्राप्त गरे। आयोजक लिस्नु युवा क्लका विश्वास थापा उदयीमान खेलाडी घोषित भए। उनले २ हजार रुपैयाँ नगदसहित फुटबल बुट प्राप्त गरे। सेमिफाइनल पुग्ने देशभक्त फुटबल क्लब, नवलपरासी र वालिंग नगरपालिका, वालिंग स्यांजा टीमले नगद २५/२५ हजार रुपैयाँ प्राप्त गरे।

 नेपालगञ्ज ११ बिजयी

यसैबीच ३३औं झरना रनिङ्ग शिल्ड नकआउट फुटबल प्रतियोगिताको दोस्रो खेलमा नेपालगञ्ज ११ नेपालगंज बिजयी भएको छ। तिलोत्तमा नगरपालिका–६, कुञ्जलापुर उमा आधारभूत विद्यालयको खेल मैदानमा सम्पन्न खेलमा न्यु सिजना युवा क्लब करौजियालाई १ का विरुद्घ ५ गोलले पारजित गर्दै नेपालगंज ११ विजयी भएको हो। खेलमा नेपालगंज ११ का बिक्रमसिंह ठकुरीले ह्याट्रिक गरे। उनले ३ गोल गरेका हुन्।

यस्तै बिनोद केसी र मान बहादुर तामाङले १/१ गोल गरे। न्यु सिर्जनाका जमिर मिया र विशाल बुढाले १/१ गोल गरे। शुक्रबारको खेलमा नेपालगंज ११ का बिक्रमसिंह ठकुरीका म्यान अफ दि म्याच घोषित भए। प्रतियोगिताअन्तर्गत आज आयोजक झरना स्पोर्ट्स क्लब कुञ्जलापुर र सिम्रिक युवा क्लब कालिकानगरबीच प्रतिस्पर्धा हुने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .