पाकिस्तान क्रिकेट टोलीका पूर्वकप्तान शोएब मलिक शोएब मलिकले तेस्रो विवाह गरेका छन्।
पहिलेकी पत्नी सानिया मिर्जासँग सम्बन्ध बिग्रिएको अनुमानबीच मलिकले पाकिस्तानी अभिनेत्री सना जावेदसँग बिहे गरेका हुन्।
शोएब मलिक आफैँले आफ्नो इन्स्टाग्राममार्फत विवाहको तस्बिर पोस्ट गर्दै उक्त जानकारी दिएका हुन्।
२८ वर्षीया सना जावेदले पाकिस्तानका धेरै शो र म्युजिक भिडिओमा अभिनय गरेकी छन्।
४२ वर्षीय शोएब मलिकले भने पाकिस्तानका लागि २८७ ओडीआई, १२४ टी–२० र ३५ टेस्ट खेलेका छन्। उनी सन् २००७ मा पाकिस्तानी टोलीको कप्तान बनेका थिए।
तीन दिनअघि अर्थात् बुधबार मलिकका पूर्वपत्नी सानिया मिर्जाले एक अस्पष्ट सन्देश पोस्ट गरेकी थिइन्। त्यसपछि उनको दाम्पत्य सम्बन्ध बिग्रिएको वा सम्बन्ध विच्छेद भएको अनुमान भइरहेको थियो।
सानियाले लेखेकी थिइन्, ‘विवाह र सम्बन्धविच्छेद दुवै गाह्रो छ, तपाईंले आफ्नो कठिन विकल्प रोज्नुपर्छ।’
सानियाले सन् २०१० मा शोएब मलिकसँग विवाह गरेकी थिइन्। सानिया शोएबका दोस्रो पत्नी थिइन्।
Shares
प्रतिक्रिया