ad ad

कला


विवेक शर्माको लघुकथा संग्रह ‘जेई’ लोकार्पण

विवेक शर्माको लघुकथा संग्रह ‘जेई’ लोकार्पण

नेपालखबर
माघ ६, २०८० शनिबार १४:११, काठमाडौँ

लघुकथाकार विवेक शर्मा गौतमको लघुकथा संग्रह ‘जेई’ लोकार्पण गरिएको छ।

गौतमकी आमाको वार्षिक पुण्य तिथिको अवसर पारेर सिर्जना अभियान समाज, भक्तपुर र हाम्रो लघुकथा केन्द्र, नेपालले शुक्रबार ‘जेई’ लोकार्पण गरेका हुन्। 

हाम्रो लघुकथा केन्द्रका संस्थापक लता केसी, केन्द्रका उपाध्यक्ष वरिष्ठ समालोचक डा. शेखरकुमार श्रेष्ठ, सिर्जना अभियान समाज, भक्तपुरका सचिव एवम् वरिष्ठ आख्यानकार ध्रुव मधिकर्मी, समालोचक मनीषकुमार शर्मा समित, हाम्रो लघुकथा केन्द्र, बागमती प्रदेशका अध्यक्ष इन्दिरा चापागाईं,  स्वतन्त्र लघुकथा वाचनका सञ्चालक निर्मला बराल, लघुकथा सौन्दर्यझका संस्थापक श्रीराम राईलगायतले संयुक्त रूपमा कृति लोकार्पण गरेका थिए।

हाम्रो लघुकथा केन्द्रका उपाध्यक्ष एवं वरिष्ठ समालोचक डा. श्रेष्ठले ‘जेई’ लघुकथा संग्रह पठनीय र संग्रहनीय भएको बताए। उनले  शर्माको कृतिले लघुकथा वृत्तमा लघुकथाको गरिमा बढाएको पनि बताए।

त्यस्तै समालोचक मनीषकुमार शर्मा समितले लघुकथा विधामा फेरि एउटा सन्तान जन्मिएको उल्लेख गर्दै उनका कृति पाठकको मनमुटुमा बस्न सफल भएको र नयाँका लागि कृति प्रेरणादायी भएको बताए।

रुकुमपूर्व, सिस्ने गाउँपालिकामा २०२१ फागुनमा जन्मिएका लघुकथाकार गौतम अमेरिकामा बस्छन्। उनले फेसबुक लाइभमार्फत कार्यक्रमका आयोजक एवं सहभागीलाई धन्यवाद ज्ञापन गरेका थिए। उनले समसामयिक विषयबाट प्रेरित भई लघुकथा लेखेको बताए। 
कविता, निबन्ध, संस्मरण,नियात्रा जस्तो साहित्यका विविध विधामा कलम चलाइरहेका गौतमका यसअघि विज्ञानको चमत्कार (बालसाहित्य, २०६४) कृति प्रकाशित छ।

वरिष्ठ आख्यानकार ध्रुव मधिकर्मीले सम्पादन गरेको ‘जेई’मा ५१ लघुकथा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .