बन्दुक, पेस्तोल, बम, फ्राइङ प्यान लगायतका हतियार संकलन गरेर पब्जी खेलाडीले आफ्ना प्रतिस्पर्धीलाई परास्त गर्छन्।
सबै प्रतिस्पर्धीलाई परास्त गर्नसके चिकेन डिनर पाइन्छ।
हालै अमेरिकाको फ्लोरिडा राज्यमा पब्जी खेलको पोस्टरमा देखिएका पात्रजस्तै पोशाक लगाएका एक व्यक्तिले पब्जी शैलीमै फ्राइङ प्यानले हानेर एक व्यक्तिलाई लडाएका छन्।
साइकल चोरेर भाग्न खोज्ने व्यक्तिलाई ती पब्जी पोशाकधारीले पब्जी शैलीमा लडाएको भिडियो यतिबेला विश्वभर चर्चित बनेको छ।
अक्टोबर ३१ ह्यालोइन पर्वको पार्टीमा हिँडेका इरिक ओल्यान्डका अनुसार जब उनले चोरले साइकल चोरेको थाहा पाउँछन् उनीसँग हातमा फ्राइङ प्यान हुन्छ।
उनले त्यसैको प्रहारले चोरलाई हिर्काउँछन्। यसर साइकल चोरी हुनबाट जोगिन्छ। एजेन्सी
(भिडियो)
प्रतिक्रिया