ad ad

खेल


दोस्रो दिनको समाप्तिमा एमसीसीलाई ३ सय २ रनको अग्रता

दोस्रो दिनको समाप्तिमा एमसीसीलाई ३ सय २ रनको अग्रता

नेपालखबर
कात्तिक २१, २०७६ बिहिबार १२:१०,

नेपालविरुद्धको तीन दिवसीय (पहिलो श्रेणी) क्रिकेटमा मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले दोस्रो दिनको समाप्तिसँगै ३ सय २ रनको अग्रता बनाएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहिबार नेपाललाई सस्तैमा समेटेर दोस्रो इनिङ्स थालेको एमसीसीले दोस्रो दिनको खेल सकिदा २१ ओभरमा २ विकेट गुमाएर ९१ रन जोड्यो।

उसका विल रोड्सले ३० तथा बिली गोडलम्यानले ३९ रन जोडे। टम वेस्ट्ली १७ रनमा अविजित रहेका छन्। नेपालका पवन सर्राफ र ललित राजवंशीले १/१ विकेट लिए।

यसअघि पहिलो इनिङ्समा टस हारेर पहिले ब्याटिङ गरेको एमसीसीले पहिलो इनिङ्समा १०१ ओभर ५ बलमा अलआउट हुँदै ३ सय ६४ रन बनाएको थियो। 

पहिलो दिन बुधबार ८७ ओभर खेल्दै ६ विकेट गुमाएर ३ सय ११ रन जोडेको एमसीसीले दोस्रो दिन बाँकी ४ विकेट गुमाउदा ५३ रन जोडेको थियो। 

लगत्तै बिहीबार ब्याटिङ थालेको नेपालले खराब प्रदर्शन गर्‍यो। पहिलो इनिङ्समा नेपाललाई एमसीसीले ४४ ओभर ४ बलमा अलआउट पार्दै १५३ रनमा समेटेको थियो। 

योसँगै नेपाल एमसीसीसँग पहिलो इनिङ्समा २ सय ११ रनले पछि परेको छ। नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ३९ रन जोडे। सन्दीप ४ छक्का र २ चौका प्रहार गर्दा त्रिवि क्रिकेट मैदानमा दर्शकहरु उत्साहित बनेका थिए।

अन्तिम विकेटका लागि सन्दीपले ललित नारायण राजवंशीले ४२ रनको साझेदारी गरे। नेपालले खराब सुरुवात गरेको थियो।ओपनर तथा कप्तान ज्ञोनेन्द्र मल्लले खाता नै खोल्न सकेनन। शरद भेषावकर ४, राजु रिजाल ८, दीपेन्द्रसिंह ऐरी १, आरिफ सेख १० रनमा आउट भए।

विनोद भण्डारी र सोमपाल कामीले छैटौं विकेटका लागि ७५ रनको साझेदारी गर्दै नेपालको इनिङ्स उकासेका थिए। ३६ औं ओभरको तेस्रो बलमा विनोद भण्डारी ३६ रनमा पवेलियन फर्किए। भण्डारीले ५ चौका सहित ३६ रन जोडे।

सोमपाल कामी ४ चौका सहित २६ रनमा आउट भए। एमसीसीले लगत्तै दोस्रो इनिङ्स शुरु गरेको छ।

नेपालले १४ वर्षपछि बुधबार प्रथम श्रेणीको क्रिकेटमा पुनरागमन गरेको हो। सन् २००५ पछि नेपालले त्रिवि क्रिकेट मैदानमा बुधबार विश्व प्रशिद्ध क्लब मेरिलेबन क्रिकेट क्लब(एमसीसी)सँग प्रथम श्रेणीको क्रिकेट खेलेको हो।

यसै खेलमार्फत कप्तान ज्ञानेन्द्रसँगै टोलीका ९ सदस्यले पहिलोपटक सेतो ड्रेशमा रातो बलसँग प्रथम श्रेणीको क्रिकेट खेले। टोलीमा रहेका शरद भेषावकर र सोमपाल कामीले मात्रै प्रथम श्रेणी क्रिकेट खेलेका थिए। गतवर्ष एकदिवसीय मान्यता पाएपछि एमसीसीले नेपालमा खेल्ने तीन दिवसीय खेललाई आईसीसीले फस्ट क्लास क्रिकेटको मान्यता दिएको हो।

अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टेष्ट मान्यता नपाएका राष्ट्रका लागि अन्तर महादेशीय कपको नाममा प्रथम श्रेणीको क्रिकेट सुरु गरेको थियो। सन् २००४ मा सुरु भएको यो प्रतियोगिताको नेपालले पहिलो पहिलो दुई संस्करण खेलेपनि त्यसपछि प्रतियोगितामा छनोट हुन सकेन।

सन् २००६ को आईसीसी अन्तर महादेशीय च्यालेन्ज कपमा नेपालले नामिबियाको मैदानमा बराबरी खेलेपछि कुनै पनि आईसीसीको पहिलो श्रेणीको क्रिकेट खेलेको छैन।

एमसीसीले यसअघिको नेपाल भ्रमणको पहिलो एकदिवसीय खेलमा यू–१९ टोलीलाई ५ विकेटले पराजित गर्दै नेपाल भ्रमणको सुरुवात गरेको थियो। लगत्तै अर्कोदिन भएको खेलमा नेपाली राष्ट्रिय टोलीले एमसीसी ५ विकेटले पराजित गर्यो।

तीनदिन प्रथम श्रेणीको क्रिकेट खेलेपछि एमसीसीको टोली पोखरा भ्रमणमा निस्कनेछ। पोखरामा पोखरा–११ र मुख्यमन्त्री–११ सँग मैत्रीपूर्ण खेल खेल्ने एमसीसीको कार्यक्रम छ। एमसीसी फाउन्डेशनले विकासिल देशहरुमा भ्रमण गर्ने उदेश्यसहित यो टूरको आयोजना गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .