चीनको एक गाउँमा मानिसको अनुहार भएको माछा देखेपछि त्यहाँका मानिसहरु आश्चर्यमा परेका छन्।
दक्षिण चीनको गाउँ मिआयोमा एक महिला ब्लगर घुम्न गएकी थिइन्। उनले एक तलाउमा माछाहरुको भिडियो खिच्दै जाँदा मानिसको अनुहार भएको माछा भिडियोमा कैद गरेकी हुन्।
भिडियोमा माछाको मुख, नाक र आँखा मानिसको जस्तै देखिएको छ।
मियाओ गाउँ कुनमिङ शहर नजिकै पर्दछ। यो पर्यटकको रोजाइको गन्तव्य मानिन्छ। १५ सेकेन्डको उक्त भिडियो यतिबेला विश्व सामाजिक संजाल प्रयोगकर्ता माझ भाइरल बनेको छ।
मानिसहरुले यतिबेला यस विषयमा मिश्रित प्रतिक्रिया जनाइरहेका छन्। यस्तो डरलाग्दो माछा कसले खाला भनेर केहीले प्रश्न गरिरहेका छन्।
यसअघि मानिसको अनुहार भएको माछा ताइवान र वेलायतमा देखिएको बताइएको छ।
वेलायतमा सन् २०१० मा एक व्यक्तिले पाल्नका लागि ल्याएको माछाको अनुहार मानिसको जस्तै थियो।
यस्तै सन् २०११ मा कालो रङको एक माछा भेटिएको थियो। जसको अनुहार मानिसको जस्तै देखिएको थियो। एजेन्सी
(भिडियो)
Shares
प्रतिक्रिया