ad ad

समाज


नेपालगञ्जमा मोहम्मद डेको उत्सव

नेपालगञ्जमा मोहम्मद डेको उत्सव

नेपालखबर
कात्तिक २४, २०७६ आइतबार १३:१,

इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्ती (मोहम्मद डे) को अवसरमा बाँकेका इस्लाम धर्मावलम्बीले नेपालगञ्जमा उत्सव मनाएका छन्।

जिल्लाका विभिन्न स्थानबाट नेपालगञ्जमा जम्मा भएका इस्लाम धर्मावलम्बीले बिहानैदेखि बाजागाजा र झण्डासहित नेपालगञ्ज नगरको परिक्रमा गरेका छन्।

इस्लामी पात्रोको तेस्रो महिना रविउल्ल अवलको १२ तारिखको दिन नेपाली मुसलमानसहित विश्वभरिका मुसलमान धर्मावलम्बीले विभिन्न धार्मिक कार्यक्रम गरी मोहम्मद डे मनाउँदै आएको इस्लाम धर्मका गुरु मौलाना अब्दुल जब्बार मञ्जरीले बताए।

उनका अनुसार आज नेपालगञ्जसहित नेपालका विभिन्न स्थान तथा विश्वभरका मुसलमान धर्मावलम्बीले इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको १४३८औँ जन्म जयन्ती मनाएका हुन्।

‘हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी सम्वत्को रविउल्ल अवल महिनामा साउदी अरबको मक्कामा बिबी आमिनाको कोखबाट भएको हो’ , धर्मगुरु मञ्जरीले भने, ‘उहाँको निधन ६३ वर्षको उमेरमा साउदीकै मदिनामा भएको थियो। मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उहाँका उपदेश र वाणीको स्मरण गर्ने गरिन्छ।’

आइतबार बिहानैदेखि शुरु भएको र्‍याली दिनभर चल्ने बाँकेका मुसलमान अगुवा मोहम्मद शेर बागवानले बताए। र्‍यालीमा बालबालिकादेखि ज्येष्ठ नागरिकको समेत सहभागिता रहेको छ। र्‍यालीले आइतबार नेपालगञ्जका अधिकांश सडकमा आवागमन अवरुद्ध भएको थियो।

मुसलमान समुदायको मोहम्मद डे उत्सव र्‍यालीलाई व्यवस्थापन गर्न शहरमा सुरक्षा व्यवस्था सुदृढ बनाइएको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले बताए।

यहाँका मुसलमान समुदायले मोहमम्द डे का अवसरमा केन्द्रीय तथा प्रदेश ५ सरकारले सार्वजनिक बिदा नदिएको गुनासो गरेका छन्। बाँकेको नरैनापुर गाउँपालिकाले मात्र मोहम्मद डे को अवसरमा सार्वजनिक बिदा दिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .