उमेर ढल्कदै जाँदा पनि उनको जिम जाने दिनचर्या पहिलेकै जस्तै छ। त्यसैले उनको शरीर कुनै बडिबिल्डरको भन्दा कम छैन।
उनी आफ्नो बाहुबलीजस्तो शरीरका कारण क्यानडामा चर्चित छिन्। उनको बाइसेप्स १७ इन्चको छ।
सन् १९८९ मा विद्यालयको पढाइसकेपछि उनले जिम गर्न सुरु गरेकी थिइन्। सन् १९९३ देखि त उनी महिला बडिबिल्डिङ प्रतिस्पर्धामा उत्रिनै थालिन्।
पहिलो प्रतियोगितामा नै उनी दोस्रो भएकी थिइन्। विवाह पश्चात ३ सन्तान जन्माउँदा समेत उनले आफ्नो शरीर बिग्रन दिइनन्।
उनका छोराछोरीबाट तीन सन्तान भएका छन्। उनी हजुरआमा बनिसकिन्। उनी भन्छिन्,‘म जिम छाड्नि।’ जिमगर्दा शरीर स्वस्थ्य हुने उनको भनाइ छ। डेलीमेल
प्रतिक्रिया