ad ad

रोचक


८ वर्षे बालक बने सबैभन्दा धेरै कमाउने युट्युबर

८ वर्षे बालक बने सबैभन्दा धेरै कमाउने युट्युबर

नेपालखबर
पुस ४, २०७६ शुक्रबार ७:२६,

 युट्युबमा खेलौनाहरुको रिभ्यू गर्ने एक ८ वर्षे बालक सन् २०१९ मा युट्युबबाट सबैभन्दा बढि पैसा कमाउने व्यक्ति बनेका छन्।

२ करोड २९ लाख सब्सक्राइबर भएको आफ्नै रायन्स वर्ल्ड च्यानल भएका बालक रायन कजीले यसै वर्ष २ करोड ६० लाख अमेरिकी डलर कमाएपछि उनलाई फोव्र्सले सबैभन्दा बढि कमाउने युट्युबर घोषणा गरेको हो।

यसअघि सन् २०१८ मा पनि ४० लाख डलर कमाएर उनी नै सबैभन्दा बढि कमाउने युट्युबर बनेका थिए।

फोर्ब्सकाे अनुमानअनुसार युट्युबबाट सबैभन्दा बढि कमाउने १० जनाले १ जुन २०१८ देखि १ जुन २०१९ को बीचमैं १६ करोड ६२ लाख अमेरिकी डलर कमाएको, सीएनएनले जनाएको छ।

अर्का पाँच–बर्षे बालिका अनस्तसिया राड्जिन्सकया १ करोड ८० लाख डलर कमाएर तेस्रो भएकी छन्।

फोर्ब्सका अनुसार उनका सात वटा च्यानलमा १० करोड ७० लाख सब्सक्राइबर छन् र उनका भिडियोहरु ४ करोड २० लाख पटक हेरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .