ad ad

खेल


विराट कोहलीः क्रिकेटरलाई मात्र होइन, अभिनेतालाई पनि चुनौती

विराट कोहलीः क्रिकेटरलाई मात्र होइन, अभिनेतालाई पनि चुनौती

नेपालखबर
पुस ४, २०७६ शुक्रबार ७:१८,

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली कमाइ र लोकप्रियताका हिसाबले याे वर्ष चर्चाकाे शिखरमा रहे। उनको चर्चा, कमाइ र लोकप्रियता महान् क्रिकेट खेलाडी सचिन तेन्दुलकर, महेन्द्रसिंह धोनी र रोहित शर्मा जस्ता खेलाडीहरूमा मात्र होइन, बलिउडका सुपरस्टार सलमान खान, शाहरुख खान र अक्षय कुमार जस्ता फिल्म स्टारहरूलाई पनि चुनौती दिने खालको रहेको छ।

फोर्ब्स पत्रिकाले सार्वजनिक गरेको भारतका १०० सेलिब्रेटीहरूको सूचीमा कोहली पहिलो स्थानमा छन्। पछिल्ला तीन वर्षदेखि यस सूचीमा सलमान खान पहिलो नम्बरमा थिए। कोहली फोर्ब्सको यो सूचीमा पुग्ने पहिलो खेलाडी समेत हुन्।

सलमान खानको लागि तस्बिर परिणामसलमान खान

पेशा र विज्ञापनमार्फत हुने कमाइ र उनीहरूको लोकप्रियताका आधारमा यो सूची तयार पारिने फोर्ब्सको भनाइ रहेको छ। गत वर्षको अक्टोबरदेखि यो वर्षको सेप्टेम्बरसम्म भएको कमाइ र कमाएको प्रसिद्धिका आधारमा यो सूची तयार पारिएको हो।

३१ वर्षीय कोहलीको कमाई २५२ करोड ७२ लाख रहेको बताइएको छ। फोर्ब्सका अनुसार कोहलीको आयमा खेल शुल्क, बीसीसीआई केन्द्रीय अनुबन्ध, ब्रान्ड एम्बेसडरको आय समावेश छ। यस बाहेक कोहलीले इन्स्टाग्रामको प्रत्येक प्रायोजित पोष्टको लागि करोड रुपैयाँ लिने गरेको पनि उल्लेख गरिएको छ।

फोर्ब्सको सूची अनुसार भारतमा सर्वाधिक कमाइ गर्ने दोस्रो व्यत्तिःमा अभिनेता अक्षय कुमार रहेका छन्। उनले २२९.२५ कमाउँदै आफूलाई दोस्रो स्थामा उभ्याउन सफल भएका हुन्। आय र लोकप्रियता दुवै हिसाबले अक्षय विराटभन्दा कम भएको कारण दोस्रो स्थानमा खस्कियो।

तीन पटकसम्म यो सूचीको पहिलो स्थानमा रहेका बलिउडका सुपरस्टार अभिनेता सलमान खान भने यसपटक २२९.२५ करोड कमाउँदै तेस्रो स्थानमा पुगेका छन्। यो सूचीमा महानायक अमिताभ बच्चन र भारतीय क्रिकेटका पूर्वकप्तान महेन्द्रसिंह धोनी क्रमशः चौथो र पाँचौ स्थानमा रहेका छन्। छैटौँ स्थानमा १२४.३८ करोड कमाउँदै शाहरुख खान छैटौँ र ११८.२ करोड कमाउँदै रणवीर कपुर सातौँ स्थामा पुगेका छन्।

सबैभन्दा बढी कमाइ गर्ने शीर्ष १० मध्यमा दुई जना महिला पनि समावेश रहेका छन्। यसमा ५९.२१ करोड रुपैयाँ कमाइ गर्दै आलिया भट्ट आठौँ र ४८ करोड कमाइ गर्दै दीपिका पादुकोन दशौँ स्थानमा रहेका छन्। त्यस्तै पूर्व क्रिकेटर सचिन तेन्दुल्कर ७६.९६ करोड कमाउँदै नवौँ स्थानमा रहेका छन्।

त्यस्तै अन्य खेलाडीहरुमा रोहित शर्माले यो वर्ष ५९.२१ करोड कमाएर ११ औँ स्थानमा रहेका छन् भने २९.१९ करोड कमाउँदै रिषभ पन्त ३० औँ स्थानमा छन्। उनी गत वर्ष यो सूचीमा परेका थिएनन्। त्यस्तै हार्दिक पाण्डे २४.८७ करोड कमाउँदै ३१ औ र जसप्रित बुमराह २३.२५ करोड कमाउँदै ३३ औँ स्थामा रहेका छन्।

पीवी सिंधुपीवी सिन्धु

विश्व विजेता ब्याडमिन्टन स्टार पीवी सिन्धु यस सूचीमा खस्केकी छन्। सन् २०१८ मा सिन्धु २० औं स्थानमा थिइन्। यस वर्ष उनी २१.०५ करोड रुपैयाँ कमाएर ६३ औं स्थानमा पुगेकी छन्।

बीबीसी हिन्दीबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .