ad ad

रोचक


घोडचढीमा सिपालु किम जोङ उन (भिडियो)

घोडचढीमा सिपालु किम जोङ उन (भिडियो)

नेपालखबर
पुस २१, २०७६ सोमबार ७:५९,

यसपटक भने किम घोडचढीका कारण चर्चामा आएका छन्। हालै सार्वजनिक भएको एक भिडियोमा किमले घोडामा चढेर पवित्र मानिने पेक्तु पर्वतको भ्रमण गरेको देखिएको छ।

भिडियोमा किमले पोख्त रुपमा घोडा चढेको देखिएको छ। उत्तर कोरियाली अधिकारीहरुको अनुसार किम डिसेम्बरमा पेक्तु पर्वत पुगेका थिए।

२ हजार सात सय ४४ मिटर उचाइमा रहेको सो पर्वतमा दुई महिनाको अवधिमा किम दोस्रो चोटी पुगेको जनाइएको छ।

कोरियाली प्रायद्वीपकै सबैभन्दा उच्च पर्वतलाई कोरियालीहरु पवित्र मान्छन्।

2107.jpg

कुनै ठूलो निर्णय लिनुअघि किमले सो पर्वतको भ्रमण गर्ने गरेको जनाइएको छ।

डिसेम्बरमा उक्त पर्वतमा भ्रमण गरेपछि किमले अमेरिकासँग भएको क्षेप्यास्त्र निशस्त्रीकरणको सम्झौता नमान्ने बताउँदै परमाणु कार्यक्रम संचालन गर्ने बताएका छन्।

केही दिन अगाडि किमले अमेरिकासम्म मार हान्नसक्ने अन्तर महादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गर्ने बताउँदै उत्तरले नयाँ रणनीतिक हतियार सार्वजनिक गर्ने बताएको छ। एजेन्सी

(भिडियो)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .