ad ad

कला


ब्राड पिटले डिक्याप्रियोलाई भने– टाइटानिकमा म भएको भए तिमीलाई बचाउँथेँ

ब्राड पिटले डिक्याप्रियोलाई भने– टाइटानिकमा म भएको भए तिमीलाई बचाउँथेँ

नेपालखबर
पुस २१, २०७६ सोमबार ८:१३,

जेम्स क्यामरुन निर्देशित टाइटानिक फिल्म रिलिज भएको २२ वर्ष नाघिसक्यो। तर, यो फिल्मका प्रशंसकहरु अझै एउटा प्रश्नमा विवाद गरिरहन्छन्– के फिल्मको अन्त्यमा लियोनार्डो डिक्याप्रियोको चरित्र बाँच्न सक्थ्यो?

जहाज डुबेपछि केट विन्स्लेटको चरित्र पानीमा तैरिएको फल्याक बसेर बाँच्न सफल हुन्छिन् तर, सँगै रहेका डिक्याप्रियोको चरित्रको भने ठण्डा पानीमा जमेर मृत्यु हुन्छ।

यो फिल्म हेर्ने थुप्रैको मत के छ भने समुद्रमा तैरिएको त्यो फल्याकमा डिक्याप्रियो पनि अटाउँथे, उनी बच्न सक्थे।

यसवर्षको गोल्डेन ग्लोब्स अवार्ड समारोहमा डिक्याप्रियोसँग एउटै फिल्ममा अभिनय गरेका ब्राड पिटले पनि मजाक गर्दै यस्तै सुझाए।

‘मैले आफ्नो साथी लियोनार्डो डिक्याप्रियोलाई धन्यवाद दिनैपर्छ,’ वन्स अपन अ टाइम इन हलिउडमार्फत उत्कृष्ट सहअभिनेताको अवार्ड हात पारेपछि पिटले भने, ‘द रेभनान्टभन्दा अघि म प्रत्येक वर्ष मानिसहरुले अवार्ड स्वीकार गर्दै उनलाई धन्यवाद दिएको हेरिरहन्थे।’

डिक्याप्रियोले २०१५ अघि राम्रा फिल्म र उत्कृष्ट अभिनय गरेर पनि ओस्कार हात पार्न नसकेकोतर्फ पिटले संकेत गरेका थिए।

त्यसपछि पिटले टाइटानिकको प्रसंग जोड्दै थपे, ‘म भएको भए तिमीलाई फल्याकमा ठाउँ दिन्थेँ।’

पिटले त आफ्नो मनको कुरा भनिदिए तर, सो फिल्ममा डिक्याप्रियो बच्न सक्थे कि सक्दैनथे, त्यो भने टाइटानिकका प्रशंसकका लागि अझै बहसको विषय रहनेछ। एजेन्सी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .