केही दिनअघि भारत भ्रमण गरेका पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डे सुसा प्रधानमन्त्री मोदीसँगको लामो ‘ह्यान्डसेक’ का कारण चर्चामा छन्।
पत्रकार सम्मेलनमा निस्किँदै गर्दा यी दुई नेताले हात मिलाएका थिए। तर, त्यो कूटनीतिक प्रोटोकलका लागि आवश्यक पर्नेभन्दा ज्यादा लामो र जोडदार थियो।
डे सुसा मोदीको हात समात्छन् र धेरैबेर हात हल्लाइरहन्छन्। मोदी एकछिन अलमलमा पर्छन् तर उनी आफ्ना पाहुनालाई साथ दिइरहन्छन्।
उनीहरुले हात मिलाएको भिडियो अहिले भाइरल बनेको छ।
वास्तवमा पोर्चुगलका यी राष्ट्रपति हात मिलाउने अनौठो शैलीकै कारण संसारभर परिचित छन्।
दुई वर्षअघि यिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नै चकित तुल्याइदिएका थिए। उसो त ट्रम्प पनि हात मिलाउने अनौठो तरिकाका कारण चर्चामा आइरहन्छन्।
ह्वाइट हाउसमा डे सुसलाई स्वागत गर्दा ट्रम्प त्यतिबेला छक्क परे, जब उनले ट्रम्पको हात समातेर झड्कारेर ताने।
गत वर्ष पनि एउटा भिडियो चर्चित बनेको थियो, जसमा डे सुसा विद्यार्थीहरुलाई पालैपालो चुम्बन गर्दै हुत्याइरहेका देखिन्थे।
Shares
प्रतिक्रिया