स्थानीय नेता सेकेडी पिट्सोले दुईवर्ष अगाडि नै आफ्नो मृत्यु भए मर्सेडिज बेन्ज कारमा राखेर अन्त्येष्टि गर्नु भनेर अनुरोध गरेका थिए।
अन्तिम इच्छाअनुसार नै पिट्सोलाई कारमा राखेर गाडिएको पिट्सोका भान्जी सेफोरा पिट्सोले जानकारी दिइन्।
७२ वर्षको उमेरमा गत महिना उनको निधन भएको हो। इन्टर्न केपस्थित जोजानसुक स्टर्कप्रुट गाउँमा पिट्सोलाई कारभित्र अन्त्येष्टि गरिएको थियो।
पिट्सो मर्सिडिज बेन्ज कार खुबै मन पराउँथे। जुन कारमा राखेर उनको अन्त्येष्टि गरिएको थियो त्यो कार उनैले किनेका थिए। एजेन्सी
प्रतिक्रिया