वीरगञ्ज महानगरपालिकामा एकजना कोरोना संक्रमित थपिएका छन्।
वीरगञ्ज महानगरपालिकाको वडानम्बर ३ छपकैयाँका थप एक जनामा कोरोना संक्रमण देखिएको वडाध्यक्ष बैजु स्वर्णकारले पुष्टि गरे।
संक्रमित अन्दाजी ३५/३६ वर्षको रहेको र उनलाई नारायणी अस्पताल लगिएको उनले बताए।
‘उनमा संक्रमण देखिएपछि अहिले अस्पताल पुर्याइसकिएको छ,’ वडाध्यक्ष स्वर्णकारले नेपालखबरसँग भने, ‘उनको परिवारको सदस्यलाई पनि अहिले घरमै आइसोलेसनमा राखिएको छ।’
विज्ञ भन्छन्: बाहिरबाट आउनजान रोकौँ, उपत्यकामा गतिविधि सुरु गरौँ
उनले परिवारका सदस्य र उनीसँग सम्पर्कमा रहेकाहरुको पीसीआर टेस्ट आजभोलिमै गर्ने बताए।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६० पुगेको छ भने संक्रमितमध्ये १६ जना निको भएर घर फर्किसकेका छन्।
३६ वर्षीय ती संक्रमित व्यक्ति एक दिन वडाको राहत वितरणका लागि भएको सर्वदलीय बैठक र राहत वितरणमा पनि उपस्थित भएको स्वर्णकारले बताए।
त्यसअघि चैत ३० मा वीरगन्ज २ छपकैयाको मस्जिदमा बसेका तीन भारतीय मुस्लिम जमातीमा पनि कोरोना संक्रमण भेटिएको थियो।
Shares
प्रतिक्रिया