ad ad

रोचक


भारतीय पत्रकार गोस्वामीले बोल्न नदिएपछि लाइभ कार्यक्रममै खाना खाइन् यी अभिनेत्रीले

भारतीय पत्रकार गोस्वामीले बोल्न नदिएपछि लाइभ कार्यक्रममै खाना खाइन् यी अभिनेत्रीले

नेपालखबर
साउन ६, २०७७ मंगलबार १०:५५,

उनी आफ्ना शैलीका कारण विवादमा आइरहन्छन्। गोस्वामीमाथि टेलिभिजन कार्यक्रममा अतिथिलाई बोलाएर बोल्न नदिने साथै उनीहरुको अपमान गर्ने गरेको आरोप लाग्ने गरेको छ।

गोस्वामीले पत्रकारको नभएर टिभी कार्यक्रममा न्यायाधीष र वकिलको जस्तो व्यवहार गर्ने गरेको पनि बताइन्छ। उनका टिभी कार्यक्रममा सहभागी भएकाहरुले गोस्वामीले कार्यक्रममा बोलाएर आफ्ना कुरामात्र राख्ने गरेको पनि बताउँछन्।

उनको प्रस्तुति हेर्दा पनि त्यस्तै देखिन्छ। हालै अर्नब गोस्वामीले रिपब्लिक टेलिभिजनमा भारतीय सिनेक्षेत्रमा नातावाद छ कि छैन भन्ने विषयमा कार्यक्रम चलाएका थिए।

त्यसमा सहभागी एक अतिथि थिइन् कस्तुरी शंकर। उनी तामिल, तेलेगु चलचित्रकी चर्चित नायिका हुन्।

तर कार्यक्रममा उनलाई गोस्वामीले बोल्न नदिएपछि उनले लाइभ कार्यक्रममै खाना खाएकी छिन्। यस घटनाको भिडियो निकै भाइरल बनिरहेको छ।

भिडियो भाइरल बनेपछि कस्तुरी शंकरले एक घण्टा लामो कार्यक्रममा गोस्वामीले बोल्न नदिएपछि आफूले खाना खाएको प्रतिक्रिया जनाएकी छिन्।

उनले स्काइपको क्यामेरा आफ गर्न भुलेको पनि स्वीकारेकी छिन्। यद्यपी कस्तुरी शंकरले राम्रो काम गरेको भनेर यतिबेला उनको चर्चा भइरहेको छ। एजेन्सी

(भिडियो)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .