मस्तिष्क र मेसिनलाई कनेक्ट गरेर कम्प्युटरसँग संचार गराउने महत्वाकाँक्षी योजना बोकेका मस्कले सिक्का जत्रो चिप्स सुँगुरको मस्तिष्कमा राखिएको जानकारी दिएका छन्।
शुक्रबारको वेबकास्ट डेमोमा मस्तिष्कमा चिप्स राखिएको सुँगुर देखाइएको थियो। उक्त सुँगुरको गतिविधिलाई कम्प्युटर ग्राफमा देखाइएको थियो।
मस्तिष्क सम्बन्धी रोग लागेका मानिसको मस्तिष्कमा डिजिटल चिप्स राख्दा उनीहरुले स्मार्ट फोन र कम्प्युटर चलाउनसक्ने मस्कको अपेक्षा छ।
डिमेन्सिया, पार्किन्सन रोग र मेरुदण्डका समस्याहरु भएका मानिसलाई पनि चिप्स लाभदायी हुने मस्सको दाबी छ।
सुँगुर मानिसजस्तै भएकाले सुँगुरमा चिप्सको परीक्षण गरिएको मस्कको भनाइ छ। एजेन्सी
(भिडियो)
प्रतिक्रिया