इजराइल बहिष्कार गर्ने कानुन यूएईमा सन् १९७२ मा बनेको थियो। शनिबार यूएईका राष्ट्रपति सिख खलिफाले दशकौं लामो इजराइल विरोधी कानुन हटाउन आदेश दिएका हुन्।
त्यसबेला यहूदी धर्म मान्नेको बाहुल्यता रहेको इजराइललाई कमजोर बनाउन यूएइसहित अन्य अरब देशले इजराइलमाथि प्रतिबन्ध लगाएका थिए।
इजराइललाई बहिष्कार गर्ने कानुन हटाएसँगै यूएई र इजराइलबीच अब कुटनीतिक र व्यापारिक सम्बन्ध गाँसिनेछ।
अमेरिकाको पहलमा यूएइ र इजराइलबीचको मतभेद समाप्त भएको हो। ट्रम्पको पहलमा दुवै देशले सम्झौता गरेको बताइएको छ।
अब इजराइल र यूएइबीचको हवाई मार्ग पनि स्थापना हुनेछ।
इजिप्ट, प्यालेस्टाइन र जोर्डनले पनि यूएइको सन् १९७२ को कानुनमा हस्ताक्षर गरेका थिए। तर ती देशहरुले पछि गएर इजराइलमाथिको प्रतिबन्ध हटाएको थियो। एजेन्सी
प्रतिक्रिया