ad ad

रोचक


२४ वर्षअगाडि छुट्टिएका जुम्ल्याहा दिदीबहिनीलाई टिकटकले गराइदियो पुनर्मिलन

२४ वर्षअगाडि छुट्टिएका जुम्ल्याहा दिदीबहिनीलाई टिकटकले गराइदियो पुनर्मिलन

नेपालखबर
कात्तिक ८, २०७७ शनिबार १३:२०,

उनीहरुलाई आफूसँग नराखेर छुट्याउनुको पनि अनौठो कारण छ। उनीहरुका आमाबुबा सोच्थे जुम्ल्याहा बच्चा हुर्काउँदा दुवैको मृत्युहुन्छ।

तर जे होस् २४ वर्षपछि उनीहरुको पुनर्मिलन भएको छ।

भिडियो सेयरिङ एप टिकटकले २४ वर्ष अगाडि छुट्टिएका जुम्ल्याहा दिदीबहिनीको पुनर्मिलन गराइदिएको कोम्पास डटकमलाई उदृतगर्दै एससीएमपीले जनाएको छ।

हाल ट्रेनी फित्री याना र ट्रेना मुस्तिका नाम गरेकी दिदीबहिनी लामो समयपछिको पुनर्मिलनपछि निकै खुशी भएका छन्।

ट्रेनी भ्लगरका साथै अनलाई स्टोर संचालिका हुन् भने ट्रेना गृहिणी मात्र हुन्।

जब आफ्ना छोरीहरु धेरै वर्षपछि एक भएको खबर समाचारमा उनीहरुका जैविक पिता इनचेङ देदीले थाहा पाए, उनी भन्छन्, ‘हामीलाई दुई छोरी एकसाथ हुर्काउँदा दुवैको मृत्यु हुन्छ भनेर दुवैलाई नपाल्न गाउँकै एक पाका व्यक्तिले सुझाव दिएका थिए।’

‘मेरो श्रीमतीकी बहिनीले पनि जुम्ल्याहा बच्चा हुर्काएकी थिइन्, तर पछि बच्चाहरुको मृत्यु भयो’ उनी भन्छन्,‘त्यसैले दुई महिनाको हुँदा नै हामीले हाम्रा दुई छोरीहरु हुर्काइदेउ भनेर छिमेकीसँग अनुरोध गर्यौं।’

त्यसपछि दुई वर्षसम्म इनचेङ र उनका श्रीमती लगातार छोरीहरु भेट्न गएका थिए, जहाँ उनीहरुका छोरीहरुलाई धर्मपुत्रीको रुपमा पालिएको थियो।

तर सन् १९९९ मा जब मुसलमान र क्रिश्चियन समुदायबीच हिंसा भड्कियो धेरैले उक्त स्थान छोड्नुपर्यो।

चार वर्षसम्म हिंसा भड्किएका कारण जुम्ल्याहा छोरीहरुका पिता इनचेङले पनि उक्त ठाउँ छाड्नुपर्यो।

पछि इनचेङको परिवारले छोरी ट्रेनासँग सम्पर्क राख्न सफल भए। उनलाई पाल्ने परिवार गरुट फर्किएका थिए। उनीहरुको घर तासिकमलायादेखि सो स्थान केही घण्टा मात्र टाढा थियो।

(भिडियो)

तर ट्रेनीसँग भने परिवार सम्पर्कविहिन भयो किनभने ट्रेनीलाई पाल्ने परिवार इस्ट जाभा फर्किएका थिए।

त्यसपछि ट्रेनीको नाम ट्रेनी मुस्तिकाबाट ट्रेनी फित्री याना राखिएको थियो। टिकटक नचलाउन्जेलसम्म ट्रेनीलाई थाहै थिएन कि उनको जुम्ल्याहा दिदी छिन् भनेर।

एकदिन ट्रेनालाई उनका छिमेकीले आएर भनेको थियो,‘म तपाइँको टिकटक भिडियो रमाइलो मान्दै हेर्छु।’ तर आफूले कहिल्यै टिकटक नचलाएकाले ट्रेना आश्चर्यमा परेकी थिइन्।

ट्रेनी चर्चित युट्युबर भइसकेकी थिइन् भने उनको टिकटकमा पनि हजारौं फलोवर थिए। तर जब ट्रेनालाई ट्रेनीको भिडियोहरु देखाइयो अनुहार दुरुस्तै आफ्नैजस्तो देखेपछि उनले थाहा पाइन् उनी वर्षौ अगाडि छुट्टीएकी आफ्नै बहिनी हुन्।

पछि ठेगाना पत्ता लगाउँदै जाँदा दुवैको पुनर्मिलन भयो। पुनर्मिलन कसरी भयो भन्नेबारे ट्रेनीले युट्युबमा भ्लग नै बनाएकी छिन्।

वर्षौ अगाडि छुट्टिएर भेटिँदा दुवै दिदीबहिनी भावविह्वल भएका थिए। ट्रेना र ट्रेनीले आफूलाई पाल्ने परिवारसहित आफ्ना जैविक पिता इनचेङसँग पनि भेट गराए।

इनचेङको पत्नी अर्थात् ट्रेना र ट्रेनीको जैविक आमाको भने सन् २०१८ मा निधन भएको रहेछ।

अन्ततः दुई छोरीलाई फेरि एकसाथ देख्न पाउँदा इनचेङ पनि धरधरी रोएका थिए। उनले खुशी हुँदै छोरीहरु अंगाले। उनीहरुका आमाले दुई छोरीहरु भेटिने आशा सँधै राखेको पनि उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .