ad ad

रोचक


चीनमा ७६ सय टनको विशाल भवनलाई यसरी उचालेर सारियो (भिडियो)

चीनमा ७६ सय टनको विशाल भवनलाई यसरी उचालेर सारियो (भिडियो)

नेपालखबर
कात्तिक ९, २०७७ आइतबार ६:६,

तर यो चीनमा सम्भव देखिएको छ। चीनको सांघाई शहरका इन्जिनियरले ७ हजार ६ सय टनको एउटा विशाल भवनलाई उठाएर अर्को स्थानमा सारेका छन्।

उनीहरूले सन् १९३५ मा बनेको लागेना प्राथमिक विद्यालको ५ तले भवनलाई प्रविधि प्रयोग गरी उठाएर केही पर सारेका हुन्।

स्थानीय प्रशासनका अनुसार यस पुरानो भवननजिकै नयाँ आयोजना सुरु भएको छ। त्यसैका लागि यो भवन अलि पर सार्नुपरेको हो।

चीनका इन्जिनियरसँग यो भवन भत्काउने विकल्प पनि थियो, तर उनीले यस पुरानो भवनलाई जस्ताको तस्तै केही टाढा सार्ने निर्णय गरेका हुन्।

(भिडियो)

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार इन्जिनियरको एक टोलीले प्रविधिको सहयोगमा भवन उठाए र १९८ रोबोटका खुट्टाका मद्दतले केही पर लगे।

स्थानीय सञ्चारमाध्यमका अनुसार क्रंकिटबाट बनेको उक्त भवन पहिलेको ठाउँबाट करिब ६२ मिटर सारिएको हो।

चीनको सरकारी टीभी सीसीटीभी न्युज नेटवर्कका अनुसार भवन सार्ने प्रक्रिया १८ दिनमा पूरा भएको हो। यही अक्टोबर १५ तारिख भवन सार्ने काम सम्पन्न भएको हो।

भवनलाई सारिएको भिडियो पनि सार्वजनिक भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .