ad ad

समाज


झापाका पुराना कम्युनिस्ट नेता मैनालीको निधन

झापाका पुराना कम्युनिस्ट नेता मैनालीको निधन

नेपालखबर
कात्तिक ९, २०७७ आइतबार ५:५६,

झापाका पुराना कम्युनिस्ट नेता डिल्लीकुमार मैनालीको ७३ वर्षको उमेरमा आइतबार निधन भएको छ।

बिर्तामोड–८ देउनियाँस्थित आफ्नै घरमा आइतबार बिहान ५ बजे उनको निधन भएको हो। उनलाई युरिक एसिड, सुगर र पेटसम्बन्धी स्वास्थ्य समस्या थियो।

प्रजातन्त्र प्राप्तिका लागि भएको २०४६ सालको संयुक्त जनआन्दोलनमा पक्राउ परेपछि मैनालीलाई पञ्चायती सरकारले जेल सजाय दिएको थियो। पछि बहुदल आएपछि उनलाई सिरहा जेलबाट रिहा गरिएको थियो।

उनी २०३७ र २०४३ सालमा वामपन्थी समूहबाट गरामनीको जनपक्षीय प्रधानपञ्च निर्वाचित भएका थिए। उनी अविवाहित थिए।

कम्युनिस्ट विचारधाराका निष्ठावान नेता मैनाली नेकपा एमाले, माले, माओवादी, जनमोर्चालगायतका सबैजसो वामपन्थी पार्टीमाझ प्रिय थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .