अमेरिकाको नेभाडा राज्यमा उड्न लागेको विमानको पखेटामा एक व्यक्ति चढेपछि उनलाई प्रहरीले गिरफ्तार गरेको छ।
यस घटनाको भिडियो यतिबेला भाइरल भएको छ।
अलस्का एयरलाइन्सको विमान लास भेगस मककरान इन्टरनेसनल एयरपोर्टबाट यसै शनिबार उड्न लागेको थियो।
तर पाइलटले पखेटामा मानिस देखेपछि उनीहरुले विमानलाई उडाएनन्। केहीबेर विमानभित्र होहल्ला मच्चिएको थियो।
— ErinInWA (@ErinInWA) December 13, 2020WTH did I just witness... #alaskaairlines #alaskaflight1367 #lasvegas #lasvegasairport pic.twitter.com/vdXsDrrU44
विमानका यात्रुहरुले विमानको पखेटामा रहेका मानिसलाई भिडियोमा कैद गरे। ती व्यक्ति ४१ वर्षका अलेजान्द्रो कार्लसन भएको बताइएको छ।
यदी विमान उडेको भए ती मानिसको मृत्यु नै हुन सक्थ्यो। उनी किन विमानको पखेटामा चढे भनेर प्रहरीले यतिबेला उनीसँग सोधपुछ गरिरहेको छ।
प्रतिक्रिया