ब्रेन ट्युमर भएकी ९ वर्षकी बालिका सौम्याले एकातर्फ पियानो बजाइरहँदा अर्कातर्फ डाक्टरहरुले उनको मस्तिष्क सर्जरी गरिरहेका थिए।
हालै डाक्टरहरु सफलतापूर्वक बालिकाको मस्तिष्कबाट ट्युमर निकाल्न सफल भएको बीबीसीहिन्दीले जनाएको छ।
ग्वालियरको बिरला अस्पतालका डाक्टर अभिषेक चौहानले यस शल्यक्रियाको नेतृत्व गरेका थिए। डाक्टर चौहानले बालिका सौम्याको शिरको हड्डीबाट ट्युमर निकालेको बताएका छन्।
(भिडियो)
चौहान भन्छन्,‘शल्यक्रिया चूनौतीपूर्ण थियो तर हामीले यस्ता बिरामीको उपचार यसअघि पनि सफलतापूर्वक गरेका थियौं। हामी शल्यक्रिया सफल हुन्छ भन्नेमा विश्वस्त थियौं।’
यस्तै सौम्या भन्छिन्,‘मेरो मस्तिष्कमा ट्युमर थियो, अहिले ठिक भइसक्यो। मैले शल्यक्रियाको क्रममा ५ देखि ६ घण्टासम्म पियानो बजाए।’
प्रतिक्रिया