ad ad

राजनीति


कांग्रेस युवानेता पौडेलले भने : केपी ओलीकै पाराले गणतन्त्र धेरै दिन नरहन सक्छ

कांग्रेस युवानेता पौडेलले भने : केपी ओलीकै पाराले गणतन्त्र धेरै दिन नरहन सक्छ

नेपालखबर
मंसिर २९, २०७७ सोमबार १०:५४,

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण लोकतन्त्र खतरामा परेको आरोप लगाएका छन्।

कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा कांग्रेसले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता पौडेलले ‘लोकतन्त्रविरोधी’ केपी ओलीका कारण गणतन्त्र धेरै दिन रहन नसक्ने आरोप लगाएका हुन्।

‘व्यवस्थालाई बदनाम गर्ने गरी व्यक्तिहरु जुन ढङ्गले हिँडिरहेका छन्। त्यो ढङ्गबाट अगाडि बढ्दा व्यवस्था नै समाप्त हुन्छ’, सम्बोधनका क्रममा पौडेलले भने, ‘केपी ओलीको पाराले नेपालको गणतन्त्र अब धेरै दिन रहन सक्दैन।’

कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका नेता पौडेलले प्रधानमन्त्री गणतन्त्रविरोधी रहेको आरोप लगाए।

‘हिजो हामीले गणतन्त्रको नारा लगाउँदै गर्दा प्रधानमन्त्रीले भन्नुहुन्थ्यो बयलगाडा चढेर अमेरिका पुगिँदैन, नेपालमा गणतन्त्र आउँदैन’, उनले भने, ‘गणतन्त्रविरोधी केपी ओली हामीले ल्याएको गणतन्त्रमा दुईचोटि प्रधानमन्त्री बन्नुभयो। गणतन्त्रविरोधी विद्या भण्डारी दुईचोटि राष्ट्रपति हुनुभयो। प्रक्रियाबाट हुनुभयो त्यसमा हाम्रो आपत्ति भएन। तर गणतन्त्रमा प्रधानमन्त्री भइसकेपछि गणतन्त्रको विरोध गर्न मिल्दैन। राष्ट्रपति भइसकेपछि लाल सम्राट बनेर, नयाँ शाही शासक बनेर गणतन्त्रको बदनाम गर्न मिल्दैन।’

कांग्रेसले आज देशैभर सरकारविरुद्ध सडकमा उत्रेर विरोध प्रदर्शन गरेको छ। नेपाली कांग्रेस जिल्ला कार्य समिति कञ्चनपुरको आयोजनामा कांग्रेस नेता प्रदीप पौडेलको नेतृत्वमा महेन्द्रनगरमा पनि विरोध प्रदर्शन भएको हो।

पार्टी कार्यालयबाट सुरु भएको प्रदर्शन महेन्द्रनगर बजार परिक्रमा गर्दै स्मारकमा गएर कोण सभामा परिणत भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .