तर प्रहरीले यस घटना थाहा पाएपछि ती व्यक्तिलाई प्रहरीले फ्याँकिएको फ्रिज बोकेर ल्याउन लगाए।
जथाभावी फोहोर गरेका कारण प्रहरीले दण्ड स्वरुप ती व्यक्तिलाई विग्रिएको फ्याँकिएको फ्रिज बोक्न लगाएको जनाएका छन्।
हालै स्पेनिस शहर अल्मेरियामा भएको यस घटनाको भिडियो समेत सार्वजनिक भएको छ।
सार्वजनिक भिडियोमा ती व्यक्तिले जानाजान भडियो बनाएर फ्रिज भिरबाट तल फ्याँकेको देख्न सकिन्छ।
प्रहरीको आदेशपछि फ्रिज फ्याँक्ने व्यक्ति र भिडियो खिच्ने व्यक्तिले फेरि फ्रिज फिर्ता ल्याउँदै गरेको देखिएको छ।
ती व्यक्तिलाई ४५ हजार युरोसमेत जरिवाना गरिएको बीबीसीले जनाएको छ।
मानिसहरुले सामाजिक संजालमा पोस्ट भएका भिडियोमा ‘जस्तालाई त्यस्तै’ भन्दै प्रतिक्रिया जनाइरहेका छन्।
(भिडियाे)
प्रतिक्रिया