राजधानीको बालुवाटारस्थित नेपाल हाउस रेष्टुराँ पूर्वपट्टि रहेको सुबिसु केबल नेटवर्कको ‘ब्याकअप’ कार्यालय रहेको भवनमा आगलागी भएको छ।
बुधबार दिउँसो १२ बजेर ४० मिनेट जाँदा सो कार्यालयमा आगलागी सुरु भएको र आगलागी सुरु हुँदा कर्मचारीहरु कार्यालयमै रहेको प्रहरीले जनाएको छ।
आगो निभाउन जुद्ध बारुणयन्त्र, सुरक्षाकर्मी र स्थानीयसहितको टोली परिचालन भएका थिए। सो आगो २ बजे नियन्त्रणमा लिइएको प्रहरीले जनाएकौ छ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डीएसपी) होविन्द्र बोगटीले प्रज्जलनशील सामाग्री भण्डारण भएको स्थानमबाट आगो सुरू भएको जानकारी दिए।
‘हामी आगो निभाउने र उद्दारमा खटिएका छौं, सबैको सामूहिक प्रयासमा आगलागी नियन्त्रण्मा लिइयो।’
आगलागीबाट के कति क्षेति भयो भन्नेबारे विवरण संकलन गरिरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया