फोटो हेर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पत्नी मलानियाले ट्रुडोलाई चुम्बन गर्न लागेको जस्तो देखिन्छ।
यो फोटो सामाजिक संजालमा यतिबेला चर्चाको विषय बनेको छ। मानिसहरुले सकरात्मक नकरात्मक विभिन्न टिकाटिप्पणी गरिरहेका छन्।
सोमबार फ्रान्समा सम्पन्न जी७ सम्मेलनका क्रममा सामूहिक तस्बिर खिचाउने बेला फर्स्ट लेडी मलानिया र ट्रुडोले अभिवादन गर्ने क्रममा चुम्बन गरेका थिए।
उक्त फोटो युरोपियन प्रेसफोटो एजेन्सीका फोटोग्राफरले खिचेका थिए। सामाजिक संजालमा यस फोटोलाई हाँसोको पात्रको रुपमा लिएता पनि यो कुनै नौले विषय भने होइन।
अभिवादन तथा आदर प्रकट गर्ने क्रममा चुम्बन गर्नु युरोपेली र अमेरिकी समाजको सँस्कृतीजस्तै हो। मलेनिया र ट्रुडोले मात्र चुम्बन गरेका छैनन्।
राष्ट्रपति ट्रम्पले जर्मन चान्सलर एन्गेला मर्केललाई चुम्बन गरेको फोटो पनि छ। यस्तै अमेरिकाकै पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले म्यानमारकी नेत्री आङ साङ सूचीलाई चुम्बन गरेको फोटो पनि छ। एजेन्सी
प्रतिक्रिया