ad ad

गण्डकी


सडकमा हुइँकिएको मोटरसाइकलमा चितुवा ठोकिएपछि...

सडकमा हुइँकिएको मोटरसाइकलमा चितुवा ठोकिएपछि...

फाइल तस्बिर


नेपालखबर
बैशाख ६, २०८० बुधबार १०:४५, म्याग्दी

म्याग्दीमा गएराति मोटरसाइकलको ठक्करबाट चितुवा मरेको छ। बेनी नगरपालिका–१ रत्नेचौरको घैयारामा बागलुङबाट आउँदै गरेका सुशील खत्रीको बा८प ४०७२ नम्बरको मोटरसाइकलको ठक्करबाट चितुवा मरेको हो। 

सडक पार गर्दै गरेको चितुवा मोटरसाइकलसित ठोकिएको डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख मनोज रानाभाटले जानकारी दिए। चितुवाको टाउको ठोक्किएको थियो। करिब ४० किलोको चितुवाको उमेर दुई वर्ष अनुमान गरिएको रानाभाटले बताए। 

मोटरसाइकल चालक खत्रीको अवस्था भने सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। वनजङ्गलमा लागेको डढेलोका कारण अहिले चितुवाको बासस्थान खलबलिएको प्रमुख रानाभाटको भनाइ छ। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .