ad ad

खेल


टी–२० सिरिज: ओमानमाथि नेपालको लगातार दोस्रो जित

टी–२० सिरिज: ओमानमाथि नेपालको लगातार दोस्रो जित

फाइल तस्बिर


नेपालखबर
असोज १७, २०८१ बिहिबार ६:०, काठमाडौँ

कप्तान रोहित पौडेलको अलराउण्ड प्रदर्शनमा ओमानमाथि लगातार दोस्रो जित निकाल्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानडामा जारी टी–२० त्रिकोणात्मक सिरिजमा सुखद अन्त्य गरेको छ। 

बिहीबार बिहान सकिएको सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले ओमानमाथि ५६ रनको जित निकालेको हो। 

सिरिजमा ओमानसँगको पहिलो खेलमा नेपालले ३७ रनको जित निकालेको थियो। क्यानडासँग भने नेपालले पहिलो खेलमा ४ विकेट तथा दोस्रो खेलमा १४ रनले पराजित भएको थियो। 

नेपालले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको ओमान १७.५ ओभरमा १ सय १ रन बनाउँदा अलआउट भयो। 

जेसन मक्सुदले बनाएको ३५ रन नै ओमानका लागि सर्वाधिक रह्यो। कप्तान अकिब इलियासले २२ तथा प्रतिक अथाभालेले १२ रन थपे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

१८ औँ ओभरमा कुशल भुर्तेलले दुई विकेट लिएपछि ओमान अलआउट भएको हो। 

ओमानलाई कम स्कोरमा रोक्न नेपालका कुशल भुर्तेलले ३ विकेट लिए। रिजन ढकाल, सन्दीप लामिछाने र रोहित पौडेलले समान २ विकेट लिए। 

त्यसअघि क्यानडाको किंग सिटीमा ओमानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५७ रनको योगफल तयार पारेको थियो। 

कप्तान रोहित पौडेल ५६ रनमा अविजित रहे। उनले ४४ बलमा ४ छक्का र २ चौका प्रहार गर्दै अविजित रहे। 

कुशल मल्ल १९, देव खनाल १८, आशिफ शेखले १६ रन बनाए। अनिल शाह र कुशल भुर्तेलले समान ११ रन थपे। 

सिरिजपछि नेपाली टोली अब स्कटल्यान्ड सम्मिलित आईसीसी विश्वकप लिग–२ एक दिवसीय त्रिकोणात्मक सिरिजका लागि अमेरिकामा जानेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .