ad ad

गण्डकी


एमाले सरकार ढलेपछि गण्डकीमा पहिलो पालो कांग्रेसको

एमाले सरकार ढलेपछि गण्डकीमा पहिलो पालो कांग्रेसको

नेपालखबर
बैशाख १४, २०८० बिहिबार १४:५४, पोखरा

अन्ततः गण्डकीमा नेपाली कांग्रेसका नेता सुरेन्द्र पाण्डेको नेतृत्वमा सरकार बन्ने भएको छ।

कांग्रेसका पाण्डे र माओवादी केन्द्रका हरिबहादुर चुमानबीच भएको पहिलो खेपको नेतृत्वको तँछाडमछाडमा ती दलका शीर्ष नेतृत्वले हस्तक्षेप गरेपछि कांग्रेसले पहिलो पालो पाएको हो।

माओवादी संसदीय दलका नेता चुमान कि पहिले आफैंले नेतृत्व लिने नत्र आलोपालोको समयसीमा स्पष्ट हुनुपर्ने अडानमा थिए। माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच कति समय कसले मुख्यमन्त्री लिने भन्नेबारे के सहमति भयो भन्ने प्रष्ट नभए पनि प्रचण्डले पहिलो नेतृत्व कांग्रेसलाई दिनु भन्ने निर्देशन दिएपछि कांग्रेस नेतृत्वमा सरकार बन्ने भएको हो।

उनीहरु अब केही बेरमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष बहुमत सांसदसहित दाबी पेश गर्न जाँदैछन्। प्रदेश प्रमुखले  संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि दिएको समय आज अपराह्न ४ बजे सकिँदैछ।  

राष्ट्रपति चुनावमा केन्द्रीय सत्तागठबन्धन फेरिएसँगै गण्डकीमा पनि नयाँ सरकार गठन हुन लागेको हो। विश्वासको मत पाउन नसकेपछि वैशाख ९ गते नेकपा (एमाले)का खगराज अधिकारी नेतृत्वको सरकार गत ढलेको थियो। 

सत्ता साझेदार माओवादी केन्द्रले गत चैत १० गते समर्थन फिर्ता लिएपछि अघिल्लो सरकार अल्पमतमा परेको थियो। ६० सदस्यीय प्रदेशसभामा कांग्रेसका २७, माओवादी केन्द्रका आठ (सभामुखसहित) र एकीकृत समाजवादीका एक सदस्य छन्। यी दलको यहाँ स्पस्ट बहुमत छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .