ad ad

गण्डकी


गण्डकी प्रदेशसभा प्रतिपक्षविहीन संसद् हुनैसक्दैन : एमाले नेता अधिकारी

गण्डकी प्रदेशसभा प्रतिपक्षविहीन संसद् हुनैसक्दैन : एमाले नेता अधिकारी

नेपालखबर
बैशाख २१, २०८० बिहिबार १६:५, काठमाडौँ

गण्डकी प्रदेशमा प्रमुख प्रतिपक्षी दलका नेता खगराज अधिकारीले एमाले संविधान उल्लंघन हुँदा फड्के साक्षी बस्न नसक्ने बताएका छन्। 

गण्डकीमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज संसदमा विश्वासको मत माग्ने क्रममा एमालेसँग पनि मत मागेपछि उत्तर दिने क्रममा उनले संसद प्रतिपक्षविहीन हुन नसक्ने भन्दै सो कुरा बताएका हुन्।

उनले संसदीय व्यवस्था प्रतिपक्षविहीन हुनै नसक्ने र वर्तमान प्रधानमन्त्री प्रचण्डले तयार पारेको भाष्यको पछि नलाग्न नेपाली कांग्रेसलाई पनि आग्रह गरे।

‘संविधानको बाटो हिँडनुहोस्। संसदीय राजनीतिको भाष्य नै परिवर्तन गर्दै सबैले भोट हालौँ भन्ने हो भने एउट कुरा हो,’ उनले भने, ‘हामीले संविधानको रक्षाको लागि पनि विपक्षमा भोट हाल्नुपर्छ।’ 

माओवादीले समर्थन फिर्ता गरेपछि गएको वैशाख ९ गते विश्वासको मत नपाएर मुख्यमन्त्रीबाट पदमुक्त भएका अधिकारीले अस्थिरताको कारक माओवादी भएको र जुनसुकै बेला पनि यो सरकार हट्न सक्ने बताए। 

‘अस्थिरताको कारक माननीय मुख्यमन्त्रीज्यूले नेतृत्व गरेको पार्टी र हामी हैन ,यो को हो सबैले बुझेका छौँ,’ माओवादी केन्द्रप्रति लक्षित गर्दै उनले भने, ‘म त्यस्तो कामना गर्दिन। बाँकी अवधि पूरै चलोस् सरकार। तर, भन्न सकिन्नँ, केन्द्रमा सरकार फेरियो भने यहाँ फेरिँदैन भन्न सकिन्छ? सकिँदैन।’

उनले अहिलेको संसदीय अंकगणित अस्थिर रहेको र सरकार फेरिइरहने सम्भावना रहेको पनि जिकिर गरे। 

उनले अस्थिरताका कारण प्रदेशहरू कमजोर भएको धारण पनि राखे। 

माओवादी केन्द्रप्रति असन्तुष्टि पोखेका उनले कांग्रेसलाई भने लोकतान्त्रिक आन्दोलनको सहयात्री भएको बताए।

उनले संविधान र व्यवस्थाको सुरक्षाको लागि कांग्रेसतिर हात बढाइरहने प्रतिवद्धता पनि व्यक्त गरे। उनले संविधानको धारा १६८ को उपधारा ३ बाट सरकार नबन्दा कांग्रेस पनि सुरक्षित नभएको बताए।

संविधानको सो उपधारामा संसदमा ठूलो राजनीतिक दलको नेतृत्वमा सरकार बनाउने प्रावधान छ। कांग्रेसले पनि यहाँ उपधारा ३  बाटै सरकार बनाउनुपर्ने अडान राखेको थियो।

तर, माओवादीको अडान र लुम्बिनी प्रदेशमा ठूलो दल रहेको एमालेलाई रोक्नको लागि यहाँ १६८ को उपधारा २ अनुसार नै सरकार गठनको आह्वान भएको थियो।

उनले बोलेसँगै बैठक ३० मिनेटको लागि स्थगित भएको छ। त्यसपछि विश्वासको मत लिने कार्यसूची रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .