तनहुँका जीतप्रकाश आले गण्डकी प्रदेशका अर्थमन्त्रीले भएका छन्। मुख्यमन्त्री सुरेन्द्र पाण्डेले अन्तिम समयमा कांग्रेसकै सांसद आलेलाई मन्त्री बनाएका हुन्।
यसअघि नेकपा (एकीकृत समाजवादी)का सांसद दीपक मनाङे (राजीव गुरुङ) लाई मन्त्री बनाइने चर्चा भए पनि उनको नाम अन्तिम समयमा काटिएको हो।
त्यस्तै, कांग्रेसबाटै महेन्द्रध्वज जिसी कृषि मन्त्री बनेका छन् भने सरस्वती अर्याल उर्जामन्त्री बनेकी छन्। यस्तै, दीपेन्द्रबहादुर थापा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन्।
माओवादीबाट रेशम जुग्जाली भौतिक पूर्वाधार र सुशिला सिंखडा सामाजिक विकासमन्त्री बनेका छन्।
नवनियुक्त मन्त्रीहरुलाई शुक्रबार नै शपथ ग्रहण गराइएको छ।
90
Shares
प्रतिक्रिया