बागलुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
जिल्लाको गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग१च ९४८५ नम्बरको जिप काठेखोला गाउँपालिका–५ ठुलढुङ्गामा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो।
दुर्घटनामा मृत्यु हुनेको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी मदन केसीले जानकारी दिए। उनीहरूको घटनास्थलमै मृत्यु भएको केसीको भनाइ छ। जिप मध्यपहाडी लोकमार्गबाट पाँच सय मिटर तल खसेको केसीले बताए।
मृत्यु हुने दुवैजना पुरुष रहेको उनको भनाइ छ। जिप सडकभन्दा धेरै तल खसेको हुँदा अहिलेसम्म कति सवार थिए भन्ने यकिन हुन नसकेको सूचना अधिकारी केसीले बताए। अहिले प्रहरी घटनास्थलमा पुगेर उद्धारमा लागेको छ।
39
Shares
प्रतिक्रिया