ad ad

गण्डकी


अनुदानको मलमा कालोबजारी गर्नेलाई २० हजार जरिवाना, एउटाको अनुमतिपत्र खारेज

अनुदानको मलमा कालोबजारी गर्नेलाई २० हजार जरिवाना, एउटाको अनुमतिपत्र खारेज

नेपालखबर
साउन २२, २०८० सोमबार १९:४०, पोखरा

नेपाल सरकारले अनुदानमा उपलब्ध गराएको मल बढी मूल्यमा बिक्रीवितरण गरेका दुई पसललाई कारबाही भएको छ।

पोखराको अमरसिंह चोकमा रहेको अमरसिंह शुलभ कृषि सामग्री पसल र पोखराको शिवालयचोकमा रहेको उपभोक्ता सहकारी संघलाई २०/२० हजार जरिवाना गरिएको छ।

कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव  घिमिरेको अध्यक्षतामा बसेको बैठकले दुवै संस्थालाई  २०/२० हजार रुपैयाँका दरले जरीवाना र  अमरसिंहको कृषि सुलभ पसलमा रहेको २५ बोरा युरिया, ६ बोरा डिएपी र ५ बोरा पोटास जफत गरी साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमा फिर्ता गरिएको छ।

कार्यक्षेत्र बाहिर ठूलो परिमाणमा मल बिक्री गर्ने उपभोक्ता सहकारी संघ लिमिटेड पोखरा ८ को अनुदानको मल बिक्रेता अनुमति खारेज गरिएको  पोखरा महानगर कृषि महाशाखा मनहर कडरियाले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .