ad ad

राजनीति


सांसद झाको दाबी- आजबाट रास्वपा प्रमुख प्रतिपक्षी दल बन्यो

सांसद झाको दाबी- आजबाट रास्वपा प्रमुख प्रतिपक्षी दल बन्यो

नेपालखबर
साउन २२, २०८० सोमबार १९:५३, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले आजबाट व्यवहारिक रुपमा आफ्नो पार्टी सदनमा प्रमुख प्रतिपक्षी दल भएको दाबी गरेका छन्। सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले सो दाबी गरेका हुन्। 

‘नेकपा एमालेलाई सत्ता साझेदारीमा सहभागी हुनुभएकोमा बधाई। सत्ता साझेदारी एउटा सिंहदरबारमा हुन्छ अर्को सदनमा हुन्छ,’ उनले भने, ‘सदनको साझेदारीमामा सहभागी हुनुभयो उहाँहरु। त्यसका लागि बधाई छ।’

जनताले आफूहरुलाई प्रतिपक्षीमा बस्नु भनेकाले सोही अनुसार आफूहरु प्रमुख प्रतिपक्षी दल भएको उनको भनाई छ। 

‘व्यवहारिक रुपमा आजदेखि रास्वपा संघीय सदनमा प्रमुख प्रतिपक्षी हौं। किनकी हामीलाई नागरिकलाई दिनुभएको मतको म्यान्डेड प्रतिपक्षीमा बस्नु भन्ने छ। त्यही अनुसार हो,’ उनले भने।

सांसद झाले सांसदहरूलाई पुराना दलहरूले पंगु बनाएको आरोप लगाए। ‘आज बिहानदेखि २७५ मध्ये उपस्थिति सांसदहरु सदनलाई पंगु बनाउने, पुरानो दलहरुले हाम्रो महत्वपूर्ण समय, जनताको करदताले तिरेको करको दुरुपयोग भएको छ,’ सांसद झाले भने। 

‘एमालेले उहाँहरुलाई साथ नदिनुभएको भए उहाँले भाग दिनुहुन्थेन,’ उनले भने, ‘फकाएको भए एमालेले त्यसलाई स्वीकार गरिसक्नुभएको हुन्थ्यो।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .