ad ad

गण्डकी


होटलभित्र अचेत भेटिएकी महिलाको मृत्यु, सँगै गएका पुरुष पक्राउ

होटलभित्र अचेत भेटिएकी महिलाको मृत्यु, सँगै गएका पुरुष पक्राउ

प्रतिकात्मक तस्बिर


नेपालखबर
मंसिर ६, २०८० बुधबार १३:३१, पोखरा

एक युवकसँग पोखराको पृथ्वीचोक तलपट्टी नागढुंगामा रहेको युनिक होटलमा गएकी महिलाको रहस्यमय मृत्यु भएको छ। 

मंगलबार दिउँसो पुृरुषसँगै होटलको कोठामा छिरेकी ती महिला साँझ अचेत अवस्थामा भेटिएकी थिइन्।

कास्की प्रहरीले होटल सञ्चालकको भनाइ उधृत गर्दै दिएको जानकारीअनुसार कोठामा पसेको केही समयपछि युवक निस्केको र साँझसम्म पनि महिला ननिस्केपछि गएर हेर्दा महिला बेहोस अवस्थामा फेला परेकी थिइन्।

उनलाई तत्काल नजिकैको चरक मेमोरियल अस्पतालमा उपचारका लागि लगिएको र उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीको भनाइ छ।

मृतक महिला तनहुँको भीमाद नगरपालिका स्थायी घर भएकी महिला सोही ठाउँमा रहेको शिला रेस्टुराँको काम गर्ने ३८ वर्षीया सुकु विक रहेको प्रहरीले पुष्टि गरेको छ। 

घटनालगत्तै प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको बताएको छ।

कास्की प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले घटना शंकास्पद भएको र विभिन्न कोणबाट अनुसन्धान भइरहेको बताए।

उनले नियन्त्रणमा लिइएका व्यक्तिसँगको सोधपुछ र अनुसन्धानपछि वास्तविकता पत्ता लाग्ने पनि बताए।

मृतक भेटिएको कोठामा रेडबुल र खाना मगाएर खाएको पाइएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .